नायिका वर्षा राउतकाे नायक सन्जोग कोइरालासँग विवाह बन्धन बाँधिने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २ गते, बुधबार १३:०९

काठमाडौं । अहिलेका व्यस्त नायिका हुन् वर्षा राउत । उनै वर्षा अब नायक सन्जोग कोइरालासँग विवाह बन्धनमा बाँधिने भएकी छिन् । सोमबार बिहान यी दुईले आफ्नो आधिकारी फेसबुकमा विवाह कार्डको डिजाइन पोष्ट गर्दै आँउदो फागुन २ अर्थात भ्यालेनटाइन डेको दिनमा आफू विवाह बन्धनमा बाँधिने जानकारी गराएका छन् ।

वर्षा अभिनित फिल्म गोपी माघ १८ गतेबाट अल नेपाल रिलिज हुँदैछ भने नायक सन्जोग कोइराला अहिले आफ्नो निजी जिवनमै व्यस्त छन् । यी प्रेमिल जोडीलाई न्यूजलाईन्स् मिडियाको तर्फबाट हार्दिक शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु