आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

मनको बहहरु खोल्न छोड्छन् : शिव प्रसाद लामिछाने (भिडियाे)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २ गते, बुधबार १३:१९

कोही माया नपाएर अनफ्रेण्ड हुन्छन्, कोही पैसा नपाएर बोल्न छोड्छन्

अरु के भनौँ र, समय र संवाद नपाएपछि यहाँ,मनको बह खोल्न छोड्छन्

 

जागिर जागिर जागिर जागिर,सयौँ सयौँ पटक भनिसकेका छन् सयौँले

मसँग छैन आश नगर्नु भनेपछि, रात्रीकालिन सपनाहरु बिथोल्न छोड्छन्

 

सपना त अनमोल हुन्छ, साह्रै सस्तो भएपछि मात्र बजारमा बिक्छ भन्नेहरु

मेरो सपना हाट बजारमा खुल्ला बिक्रिमा, तर उनीहरु मोल्न छोड्छन्

 

हिजोसम्म आफ्ना कुरा भन्थेँ मैले, उनी पनि साट्थिन उनका मनका बहहरु

एक वाक्यलाई अपुरो मात्र छोडिदिँदा, भावनासँग भावनाहरु घोल्न छोड्छन्

 

आलो छँदा पीडा हुन्छ धेरै, सायद सहन नसकिने पनि हुन कसैलाई

तर समय बिस्तारै परिवर्तन हुन्छ, यी र यस्ता पीडाले पोल्न छोड्छन्

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु