एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ वीरगन्ज हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ३ गते, बिहीबार १९:३१

वीरगन्ज : नेपालमा पहिलो पटक अश्वमेध गायत्री महायज्ञ हुने भएको छ । अश्वमेध गायत्री महायज्ञबारे जानकारी गराउन अखिल विश्व गायत्री परिवार वेदमाता गायत्री शक्ति पीठका संयोजक एवं वीरगन्ज महानगरपालिका मेयर विजयकुमार सरावगीले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रलाई सक्षम, समर्थ एवं समृद्ध बनाउनको लागि पहिलो पल्ट नेपालमा यज्ञ गर्न लागिएको बताए ।

उनले यज्ञले प्रकृतिको चक्रलाई नियमित गर्न, शारीरिक, मानसिक रोगव्याधीको उपचार गर्न सक्ने बताए । वैज्ञानिक ढंगले सञ्चालन हुने यस यज्ञबाट जल, थल, वायु, आकाश, महाभुतहरुको शुद्धिकरण हुन्छ उनले भने यज्ञबाट तयार हुने सात्विक वातावरणले मानिसको आध्यात्मिक विकासमा अत्यन्त फलदायी हुने छ ।

यज्ञको उदघाटन राष्ट्रपति विद्यादेवी भण्डारी गर्नेछन् । राष्ट्रपतिबाट मौखिकरुपमा अनुमति पाइसकेको छ मेयर सरावगीले भने ४—५ दिनभित्र लिखित अनुमति पाएपछि राष्ट्रपतिले नै फाल्गुन १९ गते अश्वमेध गायत्री महायज्ञको उदघाटन गर्नेछन् ।

२ करोडभन्दा बढीको लागतमा यज्ञको आयोजना गर्न लागिएको हो । यसको लागि यही माघ ७ गते वीरगन्जको आर्दशनगरस्थित आर्दशनगर रंगशालामा भूमी पुजन हुने भएको छ ।

यज्ञमा सहभागि हुने ५ लाख व्यक्तिलाई हवन गर्न २५१ कुण्डीय भव्य यज्ञशाला र देव सस्कृतिलाई दर्शाउने एउटा विशेष प्रदर्शनी निर्माण गरिने छ । शान्तिकुञ्ज हरिद्धारका विशेष पुरोहित तथा साधकद्धारा तीन दिनसम्म हवन यज्ञ र १२ प्रकारका निशुल्क संस्कार हुने उनले बताए ।

महान आध्यात्मिक संत तथा देशभरीबाट मानिसहरुको समागम र यज्ञ सवैका लागि पूर्णतः निशुल्क हुनेछ, यदी स्वैच्छिक दान मात्र स्वीकृत हुने शक्तीपीठका संयोजक सरावगीले बताए ।

२४ जडिबुटी र ध्यूवाट मिश्रित हवनमा उत्पन्न हुने वायुले गर्दा ४० किलोमिटर सम्म वातावरण प्रर्दुशन मुक्त हुने वैज्ञानिक मान्यतासमेत रहेको उनले बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु