हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

हाइड्रो एक्स्पो सुरु, नीजि क्षेत्र भन्छ, चुरोट कारखानालाई भ्याट फिर्ता दिइन्छ, तर जलविद्युतआयोजनालाई खै ?

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ४ गते, शुक्रबार १८:५४

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पो राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ । शुक्रबार एक कार्यक्रमका बिच उपराष्ट्रपतिनन्दबहादुर पुनले उद्घाटन गरेका हुन् । एक्स्पोको उद्घाटन गर्दै उपराष्ट्रपतिलगानी मैत्रीवातवरण बनाउननीतितथाकानुनमा समयसापेक्ष सुधार औंल्याएका छन् ।
स्वतन्त्रउर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एण्डइभेण्ट मेनेजमेण्ट सर्भिसेज प्रालिलको संयुक्तआयोजनामाएक्स्पो सुरु भएको हो एक्स्पोमा ८५ भन्दा बढी प्रदर्शकहरुले सयभन्दा बढी स्टलमा जलविद्युत क्षेत्रसँग सम्बन्धितउत्पादन, सेवातथा परामर्श दिनेछन् ।
एक्स्पोको अवलोकन गर्दै उपराष्ट्रपतिनन्दबहादुर पुनले सरकार,नीजि क्षेत्रतथाविदेशीलगानीकर्ताहरु जलविद्युतआयोजनामालगानीगर्न लालायितभएको भन्दै उचितनीति, कानुन र इच्छाशक्तिको खाँचो रहेको बताए ।

‘हामीविजुलीमाआत्मनिर्भर छैनौ । अर्बौ रुपैयाँको विजुलिआयात गरीरहेका छौं । सबै भन्दापहिले हामीउर्जामाआत्मनिर्भर हुनुपर्छ । आन्तरिक खपत भएपछि बाँकीभएको विद्युतनिर्यात गर्ने सम्बन्धमाअहिले देखि नै सोच्नुपर्दछ ।’ उपराष्ट्रपतिपुनले भने ।
विद्युतको प्रयोगबाट इन्धनआयतविस्थापनगर्दै ब्यापार घाटासन्तुलनमाल्याउन सकिने उनको तर्क थियो । ‘भान्छामाग्यास होइन, विद्युतियचुलो बल्नुपर्छ, सडकमा विद्युतीय सवरी साधान चल्नुपर्छ ।’ उपराष्ट्रपतिपुनले भने ।
जलविद्युतक्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिती रहने अनुमानगरिएको छ । एक्स्पोको व्यवस्थापनइभेन्ट सोलुसनप्रा. लि. ले गरेको छ ।
नेपालउद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले लोडसेडिगं ९० प्रतिशतले घटेकोमाविद्युतप्राधिकरणको कुशलव्यवस्थापनको तारिफ गरेका थिए । केहीउद्योगहरुमाअझै विद्युतअभाव रहेको बताएकाउनले केहीवर्षमा नै भएको कायापलटबाट उत्साहित बनेको बताए ।

जलस्रोतमानीजि क्षेत्रकोलगानीभित्राउनसहजवातवरणको आवश्यक्ताऔंल्याएकाउनलनीजि क्षेत्रको लगानीले मात्रै पनिदेशको समृद्धिको सपना साकार पार्न सक्ने दाबी गरेका ।
नेतृत्वतहमा रहेकाहरुले पटक पटक नीजि क्षेत्रसँगको सहकार्यको विषय महत्वपूर्ण रहेको भन्दै भाषण गरे पनिव्यवहारमात्यस्तो नभएको उनको भनाई थियो ।

‘नीजिक्षेत्रलाई विश्वस गर्ने वातावरण अझै पनि छैन् । हाइड्रोपावर क्षेत्रमा भ्याट रिफण्डको व्यवस्थागरिएको छैन । जबकी चुरोट तथामदिरा उद्योगहरुले यहीमुलुकमा भ्याट रिफण्ड पाउँछन् । यस्तो अवस्थामा हाइड्रो प्रोजेक्टमा नीजिलगानी कसरी आकर्षित हुन सक्छ ?प्रोत्साहनगर्ने किसिमको वाताबरण बन्नु पर्यो, लगानीगर्नेहरु पर्खिएर बसेका छन् ।’ गोल्छाले भने ।
जलविद्युतआयोजनामा देखिएका स्थानीयसत्रका समस्यालाई समाधानगर्ने सम्बन्धमापनिपहलकदमीलिनउनले उपराष्ट्रपतिमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

३ दिनसम्मचल्ने एक्स्पोमाजलविद्युतप्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक तथावीमालगायतजलविद्युतमानयाँप्रविधि र निर्माणसँग सम्बन्धितविविध क्षेत्रको सहभागिता रहने छ ।
नेपालउद्योग परिसंघका अध्यक्ष हरीभक्तशर्माले एक्स्पोमा सहभागिविभिन्नमुलुककालगानीकर्ताहरुलाई नेपालमालगानीगर्ने उचित समय आएको भन्दै लगानी बढाउन आग्रह गरेका थिए । विश्वमानेपालजलस्रोतमाअधिकधनीमुलुकभएका कारण नेपालमाजलविद्युतआयोजनाहरुमालगानीगर्न उनले अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण गराएकाथिए । यसकालागि सरकारले नीतिगतव्यवस्थागर्दै नेपालकाबारेमा सहरात्मक सन्देश प्रवाह गराउनु पर्ने उनको भनाई थियो ।

‘जलविद्युतक्षेत्रको संभावनालाई यथाशिघ्र चाडो रियलाइजगरौं । यो अरु उद्योगजस्तो नभई धेरै लगानीचाहिने उद्योगहो । सरकारले पनियस्तानीतिहरु बनाउनजरुरी छ । जुननीतिलाई टेकेर लगानीकर्ताहरुले रिक्स लिन सकौं ।’ सिएनआई अध्यक्षशर्माको भनाई थियो ।
कार्यक्रममाउर्जा समस्या समाधानमा रचनात्मकभुमिकानिर्वाह गरेको भन्दै नेपालविद्युतप्राधिकरणका कार्यकारी निर्देशककुलमान घिसिङ्गलाई सम्मानगरिएको थियो । सम्मान ग्रहण गर्दै घिसिङ्गले विद्युतको मागलाई ध्यानमा राखेर कामगरिरहेको बताएकाथिए । १५ मेगावाट सम्मको ट्रेकर प्रयोग गर्ने पोलिसीले आन्तरिक बजारलाई प्रर्बदन गरेको उनको भनाई छ ।

‘अहिले हामी३ सय युनिट पर क्यापिटामा छौ भने ५ वर्ष भित्र७ सय युनिट, १०वर्ष भित्र १५ सय युनिट पर क्यापिटापुर्याउने सरकारको लक्ष्यअनुसार अघि बढिरहेका छौं । यसमानीजि क्षेत्रले २०० भन्दा बढी आयोजनाबाट ५ हजार मेगावाट विद्युतउत्पादनगर्ने गरी काम अघि बढेको छ ।’ घिसिङ्गले भने ।
विद्युतउत्पादकतथा सम्बद्ध पक्षको जमघट, जानकारी सम्प्रेषण, विषयगतप्रविधिक सेमिनार, कलेजस्तरीय हाइड्रो प्रोडक्ट एण्ड सर्भिस प्रतिस्पर्धाका साथै रोबो हाइड्रो प्रतिष्पर्धा र जलविद्युत क्षेत्रका पछिल्ला प्रविधिको प्रदर्शनीएक्स्पोका मुख्यविधागत क्षेत्र रहने आयोजक संस्थाइप्पानकाअध्यक्ष शैलेन्द्र गुरागाईले बताए ।

 

‘सरकारको १५ हजार मेगावाट जलविद्युतउत्पादनगर्ने लक्ष्यलाई सहयोग गर्ने लक्ष्यका साथआयोजनागरिएको एक्स्पोले विभिन्नमुलुककाजलविद्युत क्षेत्रका सरोकारवालालाई एकै छानामुनी भेला गराएको छ । यसले हामीउत्साहित बनेका छौं ।’ इप्पानअध्यक्ष गुरागाईले भने ।
जलविद्युतकाक्षेत्रमानयाँआयामथप्ने लक्ष्यका साथसुरु भएको एक्स्पोलाई नेपाल सरकार राष्ट्रिय योजनाआयोग र ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्रालयले संरक्षकत्वप्रदान गरेका छन् । साथै नेपालउद्योग वाणिज्य महासंघ, नेपालउद्योग परिसंघ, नेपाल चेम्बर अफकमर्श, निर्माण व्यसायीमहासंघ, नेपाल बैंकर्स संघ, जलविद्युतलगानीतथाविकास कम्पनी लि. तथायुथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई अनुमोदन गरेका छन् ।
नेपाल इण्डिया चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रिज, नेपालजर्मन चेम्बर अफकमर्श एण्ड इण्डष्ट्रीज, युरोपियनइकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी, टनेलिंगएशोसिएसनअफ नेपाल, इनर्जी नेपालम्यागेजिन, टनेलिंगप्रोशेस इन्नोभेसन इननेपाल, लिटिल स्टार रेकर्डस, बीफोरेस प्रालि, एक्जिविशन लाइट हाउस, एस इभेण्ट एण्ड मार्केटिंग, एबिबि इण्डिया लिमिटेड, नेपाल वाटर एण्ड इनर्जी डेभलपमेण्ट कम्पनी, भ्यापटेकबुल्गेरिया तथाचगंक्विगं वाटर एण्ड टर्वाइनवक्र्स कम्पनी लिमिटेड एक्स्पोका मोर्कटिंग पार्टनर रहेका छन् ।
नीजिक्षेत्रसँग सक्रिय रुपमा सहकार्य गर्दै आएको विश्व बैंक समुहअन्तरगतको इन्टरनेशनलफाइनान्स कर्पोरेशन (आईएफसि) ले सहप्रायोजन गरेको छ । एशियनपेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय, भाया नेट, प्रिमियर इन्स्योरेन्स र नेपालशिपिंग एण्ड एयर लजिष्टिक प्रालिएक्स्पोको अफिसियल पार्टनर रहेका छन् ।

 

चीन, भारत, अष्ट्रिया, कोरीया, स्वीडेन, जर्मनी, बुल्गेरिया तथा बेलायतलगायतमुलुककाजलविद्युत क्षेत्रसँग सम्बन्धितकम्पनीहरु एक्स्पोमा सहभागिहुँदै छन् । जलविद्युतआयोजनानिर्माणमा प्रयोग हुने यन्त्र, उपकरण तथा सामग्रीसँग सम्बन्धितकम्पनीहरुको धेरै सहभागिताएक्स्पोमाहुने भएको छ ।
आधुनिक सोलार प्रणाली, विद्युतीय सवारी साधन, हाइड्रो मेकानिकलका साथै आधुनिकनिर्माण उपकरण, टनेलिंगउपकरणका क्षेत्रमाप्रख्यातभोईथ, इपिरोक माइनिगं इण्डिया, वासरक्राफ्ट, एपीई पावर, जीइपीपीइआरटी हाइड्रोपावर, तोसिबाकर्पोरेशन, डिइसी डगंफेगं इलेक्ट्रिक मेशिनरी, जेसिवि, हुन्डाइ लगायतकाप्रदर्शक आकर्षणका रुपमा रहने छन् ।

यसै गरी एक्स्पोमा सहभागिभएर जलविद्युतआयोजनाअवलोकन गर्न चाहनेहरुलाई हेलिकप्टरमार्फत दोर्दी करिडोर, माथिल्लो मस्र्याङ्दी, सोलु करिडोर लगायत स्थानमानिर्माणधीन जलविद्युत् आयोजनाहरुको स्थलगतअवलोकन गर्ने व्यवस्थामिलाइएको छ ।
एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्यविषयमा दैनिक तीनवटा सेमिनार आयोजनागरिनुका साथै स्वदेशीलगानीको परिचालन, विदेशीमुद्रामाहुने कारोबारका जोखिम, नविकरणीय उर्जा, वाताबरणीय तथा सामाजिकव्यवस्थापन, जलविद्युत क्षेत्रकानयाँआयामलगायतविषयमा सरोकारवालाका साथै अवलोकनकर्तासँग छलफल तथाअन्तरकृया गरिनेछ ।
एक्स्पोमा हाइड्रो म्यापको डेस्कटप भर्सन पनि सार्वजनिकगरिँदैछ । इप्पान, निती फाउण्डेशनतथा द एशिया फाउण्डेशनको संयुक्तपहलमातयार गरिएको हाइड्रोे म्यापजलविद्युत क्षेत्रको तथ्यांक राख्ने आधुनिकमाध्यमहुनेछ । एक्स्पोले सोलार पिभि सिष्टम, वीइण्ड इनर्जी लगायतकानवीकरणीय उर्जाको सम्भाव्यतापहिचानगरि अघि बढ्न समेत विशेष पहलगर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु