विभिन्न स्वादका केकका साथ मिठो बेकरीको गुरु पूर्णिमा विभिन्न स्किमयुवा संगठन नेपालद्वारा नुवाकोटमा वृक्षारोपण किसानलाई निःशुल्क बिरुवा वितरण२०८१ साउन ५ गते शनिवार, यस्तो छ तपाईँको राशिफलआलापोटमा सीपमूलक तालिम ।। नेपाल बन्धनको बेरोजगारलाई रोजगार बनाउने अभियान।।साउथ एशियन करातेमा नेपाल टिम प्रथमचर्चित गायिका सुमी पराजुलीको गीत ‘लुकामारी’ सार्वजनिकराष्ट्रपति पौडेलद्वारा पेरिस ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको बिदाइशिव र पार्वतीको स्नान /क्रिडास्थलको रुपमा बिस्वास गरिएको सहस्रधारामा १०८ धारानेपाल इको प्यानलको मुख्य प्रायोजनमा कोरा भक्तपुर हुँदैकबड्डी प्रतियोगिताको उपाधि पनौती नगरपालिकालाई

बहुमूल्य पत्थरसहित पाँच युवा पक्राउ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ४ गते, शुक्रबार १९:०७

सुर्खेत: जिल्ला प्रहरी कार्यालय सुर्खेतले बहुमूल्य पत्थरसहित पाँच युवालाई आज वीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमल सुर्खेत चेक प्वाइन्टभन्दा ५०० मिटर अगाडिबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ सुर्खेतका ४० वर्षीय भीमबहादुर सुनार, वडा नं ५ का ३० वर्षीय नवीन कँडेल, वडा नं ८ का २८ वर्षीय सुरेन्द्र शाही तथा बराहताल गाउँपालिका–८ सुर्खेतका २६ वर्षीय भक्तबहादुर पाण्डे र ३२ वर्षीय तेजेन्द्र बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा प्रहरी सहायक निरीक्षक विजय पुनको नेतृत्वको टोलीले ११ दशमलव ५०० किलोग्राम बहुमूल्य ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीका अनुसार कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको बा १९ च ३५७२ नंको स्कारपियो गाडीलाई जाँच गर्ने क्रममा पत्थरसहित उनीहरलाई पक्राउ गरिएको हो । पक्राउ परेका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु