दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल थाईल्याण्ड महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ४ गते, शुक्रबार १९:१२

काठमाडौँ । इन्डोनेसियालाई सेमीफाइनलमा ९२ रनले पराजित गर्दै नेपाल थाईल्याण्डमा जारि थाईल्याण्ड महिला टी-२० स्म्यास प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। अब नेपालले भोलि शनिवार खेलिने फाइनलमा थाईल्याण्ड र युएई बीचको विजेतासँग खेल्नेछ। नेपालले दिएको १२० लक्ष्य पछाएको इन्डोनेसियाको टिम २७ रनमा समेटिएको थियो । इन्डोनेसियाले ११ ओभरमा २७ रन मात्र बनाएको थियो । नेपालको लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन् भने कविता कुँवर, नेरी थापा, सिता राना मगर र सरिता मगरले एक एक विकेट लिए । यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ३ विकेट गुमाउदै ११९ रन बनाएको थियो ।

नेपालका लागि सिता राना मगरले सर्वाधिक ४८ रन बनाइन् । सिता रन आउट भएकी थिइन् । त्यस्तै इन्दु बर्माले ४० रन अविजित बनाएकी थिइन् । ओपनर काजल श्रेष्ठले १४ रन बनाएर आउट भएकी थिइन् । त्यस्तै नेरी थापा ५ रन बनाएर आउट भएकी थिइन् । नेपालका लागि ओपनर काजल र सिताले ३१ रनको साझेदारी गरेका थिए भने सिता र इन्दुले दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । इन्डोनेसियाका लागि बलर क्रिसमार्टिनी एडुर्ड र फितरिया राधा रानीले एक एक विकेट लिएकी थिइन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु