सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्युदुर्घटनामा परेको जहाजमा सवार १९ जना नै सौर्य एयरलाइन्सका कर्मचारी रहेको पुष्टिमधेश प्रदेशमा शेखर समुह बाट जिवछी यादव राज्यमन्त्री बन्दैआजको मौसम : कहाँ-कहाँ छ आज भारी वर्षाको सम्भावना?तारकेश्वर नगरपालिकामा भोली देखि विशेष पोलियो खोप अभियान सुरु हुनेनेपाली पारा तेक्वान्दोलाई बिदाई तथा शुभकामना कार्यक्रमबागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्तहेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणा

कतार भिसा सेन्टरबाट नेपालीलाई फाइदै–फाईदा हुनेछ

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ४ गते, शुक्रबार १९:१९

अब्दुल्लाह खलिफा अल मोहन्नदी, हाल डिपार्टमेन्ट अफ भिसा सपोर्ट सेन्टर कतारको कार्यकारी निर्देशक रहेका छन् । भिसा सेवा सम्बन्धी लामो ज्ञान र अनुभव भएको कारण मोहन्नदीलाई सबै देशमा कतारको भिसा सपोर्ट सेन्टरको सञ्चालन जिम्मेवारी रहेको छ । कतार आउन चाहने सम्पूर्ण आगन्तुकहरुलाई सरल, सहज र सुलभ डकुमेन्टेसन प्रक्रियामा सेवा प्रवाह गर्ने आफ्नो चाहना रहेको बताउने मोहन्नदीसँग नेपालमा पनि छिट्टै सञ्चालन हुन लागेको कतार भिसा सर्पोट सेन्टर, यसको काम र कतारसम्बन्धी विषयमा जनसवाल दैनिकका लागि रामजी बगालले लिएको अन्तवार्ताको सारसंक्षेप  ः 

यहाँको भिजनले स्थापना हुँदै गरेको भिसा सपोर्ट सेन्टरबारे केही बताईदिनुस न ?
यहाले अत्यन्तै सान्दर्भिक प्रसङ्ग उठान गर्नुभयो । यो भिसा  सपोर्ट सेन्टर भनेको आफैमा अति नै सुन्दर पक्ष हो । यो कुनै पनि देशले आफ्नो देशको भिसा सम्बन्धी कार्य व्यवस्थापन गर्न खोल्ने सहयोग विभाग जस्तै हो । यसले भिसासम्बन्धी कार्यलाई सरल, सहज र व्यवस्थित बनाउँछ । बिश्वका धेरै देशले आफ्नो देशमा आउन चाहनेहरुका निम्ति धेरै देश हरुमा आफ्नो भिसा सपोर्ट कार्यालय खोलेका छन् । जसले भिसा आवेदन र प्रक्रियालाई सहज र सरल अनि मर्यादित तथा बैधानिक बनाउने गर्दछ । कतारको भिसा सेन्टर पनि मुलतः त्यस्तै प्रकृतिको एक केन्द्र हो । यसको मूल कार्य भनेकै यदि कोही व्यक्ति कतार काम गर्न वा व्यवसाय गर्न परिवार लाई कतार भित्र्याउन वा कुनै अन्य प्रयोजनले आउँदै छ भने उसलाई भिजा सम्बन्धी आवश्यक जानकारी र डकुमेन्ट प्रोसेसिङ सरल रूपमा गराइदिने निकाय हो । हाम्रो चाहना नै कतार आउँदा कुनै अविश्वास र झन्झट बिना कतार आउन सकुन भन्ने हो । जसका निम्ति हाम्रो भिसा सर्पोट सेन्टर सहयोगी बन्नु पर्दछ भन्ने मान्यता रहेको छ । अर्थात, भिसा सपोर्ट सेन्टरको प्रमुख कार्य भनेकै भिसा सम्बन्धी आवश्यक कागजातहरु बारे जानकारी प्रवाह गर्नु र सरलरुपमा भिसा प्रोसेसीङ गर्नु हो । हाम्रो उद्देस्य भनेको नै भिसाका सम्पूर्ण प्रकिया आफ्नै देशमा गरेर कतार आउन भन्ने हो ।

के नेपालमा पनि कतार भिसा सपोर्ट सेन्टर स्थापना हुन्छ त ?
हो हामीले नेपालमा पनि कतार भिसा सपोर्ट सेन्टर स्थापना गर्नको निमित्त सम्पूर्ण प्रक्रियागत कार्यहरू गरिसकेका छौ । सबै कागजातहरु समेत तयार भइसकेका छन् । तर, नेपाल सरकारको अन्तिम निर्णयमा मात्र अड्किएको छ । जहाँसम्म मलाई लाग्छ–नेपालमा छिट्टै  कतार  भिसा सपोर्ट सेन्टर स्थापना हुन्छ । त्यसपछि, कतार आउन चाहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले सहज र सरल भिसा तथा डकुमेन्टेसन सेवा पाउनुहुने छ । सबै नेपालीहरूले यस भिसा सर्पोट सेन्टरबाट सहजरुपमा सबै खाले प्रक्रियागत सहायता पाउनुहुने छ भन्ने लागेको छ ।

कतार भिसा सपोर्ट सेन्टरले मेनपावर व्यावसायमा सिन्डिकेट निम्त्याउँछ भनिन्छ नि ? 
त्यसो भन्नु भनेको बुझाईको कमी हो । भिसा सपोर्ट सेन्टर भनेको आफैँमा बहुत राम्रो कुरा हो । विश्वका विकसित अन्य देशहरूले यस्तो अभ्यास गरिसकेका छन् । स्वयं हामीले पनि अन्य विभिन्न देशहरूमा यस्तो व्यवस्थाको अभ्यास गरिसकेका छौ । जस अनुसार हामीले राम्रो फिडब्याक पाएकोले र देशको भिसा प्रक्रियामा अनन्त सुधार देखिएकोले हामीले नेपाल लगायत अन्य देशहरू भिसा सेन्टरहरुमा पनि यो अभ्यास गर्ने योजना बनाएका हौ । हामीले थाहा पाएका छौ– भिसा सेन्टरको अभावमा नेपालमा विभिन्न सोझा साझा नेपालीहरू विभिन्न बहानामा दलालहरू र एजेन्टहरूबाट ठगिएका र लुटिएका छन् । नेपालीहरूले भिसा प्रक्रियाबारे पर्याप्त सहायता पाएका छैनन्, जसको परिणामस्वरूप केही नेपालीहरूले यहाँ आएर दुःख पाएको भन्ने समेत सुनिएको छ ।
भिसा सपोर्ट सेन्टर स्थापनाले मेनपावर व्यवसायमा कुनै पनि सिन्डिकेट लादनेवाला छैन । किन भने हाम्रो भिसा सेन्टरको काम र मेनपावर  ब्यवसायी साथीहरूको काम कारवाही बिच कुनै लिन्क नै छैन । यो त बरु झन् खुसीको कुरा हो कि– हामीले सबै कार्यहरू मेनपावर व्यावसायीहरुकै सहकार्यमा गर्ने छौ । उहाँहरूसँग सहकार्य र समन्वय गरेर मेनवापर मार्फत नै कार्यहरू सफल हुनेछन् । नेपालका मेनपावर व्यवसायीहरूलाई कुनै पनि हस्तक्षेत्र गर्दैनौ । मात्र फरक के छ भने– कतार भिसा सहायता केन्द्रले कतार आउन चाहनुहुने नेपालीहरूको कागजात स्कृनीङ, मेडिकल, बिमा र भिसा प्रोसेसिङको कामहरूमा सरलीकृतरुपमा सम्पूर्ण सहायता प्रदान गर्दछ । साथसाथै, नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक, खेलकुद, पर्यटन र व्यवसाय जस्ता क्षेत्रमा समेत हामीले सहायता  प्रदान गर्ने लक्ष्य रहेको छ । हामि सधै नेपालका मेनपावर बेबसायिलाई सम्मान गर्दछौ ।

 

 

कतार भिसा सपोर्ट सेन्टर (क्युभीसी) ले के कस्ता फाइदाहरू पुर्याउँछ नेपाललाई ?
मुख्य कुरा त नेपालमा क्युभीसी खोल्नुको प्रमुख कारण– नेपालकै फाइदाको लागि हो । क्यूभीसीको सहायतापछि बिना दलाल (एजेन्ट) कामदारहरू सहज प्रक्रिया बाट  कतार आउन सक्छन् । भिसा प्रोसेसीङमा लामो समय पनि लाग्दैन । मेडिकल, बिमा र अन्य व्यक्तिगत कागजातहरु  राम्रोसँग स्कृनिङ गरिने भएकोले यदि मेडिकल फेल वा अन्य समस्या भए नेपालबाटै फर्कन्छन् जसले गर्दा कामदारहरूले कतार आएर फर्कनुपर्ने जस्ता दुःख पाउँदैनन् । कामदारले आफूले चाहेमा भिसा परिवर्तन गर्न पनि सक्छन् । क्यूभीसीकै सहायतामा कतारका विभिन्न कार्यक्रमहरूमा समेत नेपालीहरू आउन सजिलो हुनेछ । अझ प्रमुख कुरा के भने– कामदाहरु कतार आउँदा मेडिकल खर्च भनेर तिर्ने १२० डलर समेत कतार स्थित रोजगार दाता कम्पनीले नै तिरिदिनु पर्ने हुन्छ । बिचौलियाहरुले ब्ल्याक मार्केट र एजेन्ट मार्फत रोगी कतार बाट विभिन्न मुद्दा मामिलामा फसेर कालोसूचीमा परेका कामदार ल्याउने गरेका थिए, क्युभीसी आएपछि सबै सिस्टमेटीक हुन्छ । नेपालमै एग्रीमेन्ट र मेडिकल तथा फिङ्गरिङ्ग गरेर आउन पाउँछन् कामदार । साथै, अर्को महत्त्वपूर्ण फाइदा भनेको– क्युभीसी भएपछि निश्चित समय अन्तरालमा कति नेपाली आए कति गए, को को कुन ठाउँमा छन् सबै तथ्यगतरुपमा थाहा हुन्छ । जो तथ्यांक आज सम्म पत्ता लगाउन सकिएको थिएन।

क्युभीसी को अभ्यास अन्त के कस्तो छ ? यसले राम्रोसँग काम गर्छ त ? नेपालमा शंखाको रुपमा हेरियको छ ? 
हाम्रो क्यूभीसी सेवा अरू विकसित देशहरूमा पनि छन् जस्तै– अमेरिका, क्यानडा, अस्ट्रेलिया लगाएत अन्य बिकशित मुलुकहरू  भएको जस्तै हो नेपालमा पनि  । अन्य देशहरूले यो अभ्यासलाई स्वागत गरिसकेका छन् । बरु हाम्रो क्युभीसी, मलेसियाले नेपालमा नेपालमा लगाएको भिसा सेवा प्रणालीभन्दा अत्यन्तै  पृथक् छ । कामदारले एक पैसा नि तिर्नुपर्दैन , पछिल्लो समय श्रीलङ्का र पाकिस्थानमा पनि हाम्रो क्युभीसी सेवा स्थापना भइसकेको छ । श्रीलङ्का र पाकिस्थान सरकार अत्यन्त खुसी एवं सन्तुष्ट छन  । अब छिटै बङ्गलादेश,भारत,नेपाललगायत अन्य ६ मुलुकहरूमा समेत खुल्ने प्रक्रियामा रहेको छ । भारतमा ७ वटा, बङ्गलादेशमा २ वटा र पाकिस्तानमा २ ठाउँमा कार्यालय रहेको छ । क्युभीसी नेपाल आउन पूर्णरुपमा तयारि  अवस्थामा छ तर नेपाल सरकारकै कारण रोकिएको छ । नेपालमा पनि आबस्यकता अनुसार हामीले शाखा खोल्नेछौ . क्युभीसीको सबैभन्दा राम्रो पक्ष के हो भने– क्युभीसीको स्टान्डर्डमा छिरेका सबैले कतारमा काम गर्न पाउँछन् । मलाई बहुत आश्चर्य लाग्छ– सुन विशेषता भएकाहरूले सहायताको अभावमा आफूलाई फलाम भनिरहेका छन् । हो नेपालीहरू सुन विशेषता भएका हुन्छन् । तर उचित सहायताको अभावको कारण आफूलाई फलामको भाउमा श्रमबजारमा बेच्न बाध्य भएका छन् नेपालीहरु त्यसर्थ, अब नेपालमा क्युभीसी स्थापना भएपछि कसैलेपनि आफूलाई फलामको रूपमा चिनाउन बाध्य हुनुपर्दैन । हरेक व्यक्तिको क्षमता पहिचान गरी उनीहरूको ज्ञान, क्षमता र कुशलता अनुसारको काम कतारमा  पाउनेछन् । किनभने, हामीले त्यस्ता व्यक्तिहरूलाई कतार आउनु अगाडी नै सबै प्रकारको चेक जाँच गर्दछौ । मेडिकल नेपाल सरकारकै आधिकारिक अस्पतालमै गरे पनि हुन्छ तर क्युभीसीको सहायता मार्फत मेडिकल खर्च १२० डलर कतार स्थित रोजगारदाता कम्पनीले नै व्यहोरिदिने छ तर कतार आउने कामदारले सो का निम्ति एक पैसा पनि तिर्नु पर्ने छैन । कामदारले अनाबस्यक रुपमा पैसा खर्च गर्नुपर्दैन कतारमा आएर गर्ने सम्पूर्ण प्रक्रिया नेपालमा नै गरेर जान्छन

मेनपावरसँग कस्तो सहकार्य हुन्छ क्युभीसीको ?
हामीले त कतार आउन चाहानुहुनेहरुको कागजातहरु प्रक्रियागत एसेस्मेन्ट गर्ने मात्र न हो । आखिर काम हुने त नेपालका मेनपावर व्यावसायीहरु मार्फत नै हो । उनीहरूकै सहकार्यमा कामदारहरू पठाउने हो । अर्थात्, हामीले भिसा मेनपावरहरुलाई नै पठाउने हो । मेडिकल नेपालमै गरे पनि कतार आएपछि गर्ने प्रक्रिया काठमाडौमै गराउँछौ हामीले अर्थात  यहाँ आउनासाथ कामदाहरु आफूले छनौट गरेर आएको काममा जान पाइन्छ । हाम्रो क्युभीसी मार्फत सहायता पाएपछि भिसा सेवामा डुप्लीकेसन, ठगी र झन्झटीलो हुँदैन । पहिला पहिला कतार आएर काम थाल्न नै दुई तीन महिना लाग्थ्यो, त्यति मात्र हो र कतारमा आएपछि मेडिकल फेल भएर फर्कनुपर्ने सम्भावना पनि हुन्थ्यो । तर, हाम्रो सहायतापछि त्यस्तो हुँदैन ।
नेपालका मेनपावर व्यवसायी र कतारका मेनपावर व्यवसायीबिच सहकार्य गराई सजिलो र व्यवस्थित तवरले कामदार कतार आउनेछन् । क्युभीसीले मेनपावर व्यवसाय बाहेक अन्यत्र बाट कामदार ल्याउँदैन । हामीले मेनपावर व्यवसायलाई सम्मान गछौं । कामदारले एक रुपैयाँ पनि तिर्न पर्दैन । क्युभीसीले कतार आउन चाहने कामदारहरूको हक हितको लागि काम गर्दछ भन्ने कुरालाई नभुलौं ।

क्युभीसीले साँच्चै भिसा सेवामा सुधार गर्नेछ भन्ने ग्यारेन्टी गर्नसक्नुहुन्छ ?
यसमा कुनै सन्देह नै छैन । यो कतारको अफिसियल सरकारी प्रक्रिया भएको हुनाले यो सेवा लिनेहरूलाई भविष्यमा कुनै पनि समस्या आउँदैन । किनभने, क्युभीसीले नेपालीमै सम्झौतापत्र दिन्छ । कामदारहरूलाई चित्त बुझे हस्ताक्षर गर्छन् आउछन । यदि चित्त नबुझे हस्ताक्षर गर्दैनन । यो सेवाले कामदारलाई फाइदै फाइदा मात्र पुर्ययाउछ । कामदाहरुको काम र भिसाको ग्यारेन्टी गर्नु नै यस केन्द्रको प्रमुख कार्य  हो ।

क्युभीसीको क्षेत्राधिकार के कति छ ?
क्युभीसीको क्षेत्राधिकार धेरै छ । यसको मुख्य काम भनेको कामदारहरू र कतार आउन चाहने हरुलाई सहजता दिलाउने र भिसा प्रक्रिया लाई मर्या्दित एवं ब्यवस्थित बनाउने हो। नेपालमा हस्ताक्षर भएको तलब र काम नपाए यहाँ क्युभीसी ले नै न्याय दिलाइदिने जिम्मा लिएको हुन्छ र कतार आउनुभन्दा पहिलाको सुरुवाती प्रक्रियागत चरणमा कागजातहरु  स्कृनिङ र एसेस्मेन्ट गर्ने लगायत अन्य सबै डकुमेन्टेसन कार्य पनि क्युभीसीले नै गर्ने भएकोले कतार आउन चाहनेहरुकोलागि सहजता हुनेछ । यति मात्र हैन, दुई देशबिचको सम्बन्ध विस्तार पनि क्युभीसीको प्रमुख उद्देश्य रहेको छ ।

अन्तमा नेपाल सरकारलाई के भन्न चाहनुहुन्छ ?
यस्तो राम्रो अवसरलाई स्वीकार गर्न किन नेपाल सरकारले आले टाले गरिरहेको छ ? हामि अचम्ममा परेका छौ  कामदारको सेवा सुविधामा ध्यान नदिई मेडिकलको लागि सरकारले किन लबिङ्ग  गरिरहेको छ मैले बुझ्न सकिरहेको छैन । मेडिकलको समस्यामा नअड्कीनुहोला,तपाइको देशका कामदारकै हितका लागि हामि अगाडी बढेका हौ , कामदारलाई दोहोरो मेडिकलको मारमा नापार्नोस  । नेपालका मेनपावर व्यवसायलाई बाधा हुने भयो भनेर पनि नसोच्नु होला । मेडिकलको समस्या लाई भन्दा पनि कामदारले पाउने सेवा सुविधाहरूलाई किन हेर्नुहुन्न तपाइहरूले ? किन दोधारमा छ नेपालको श्रम मन्त्रालय आस्चर्य लागिरहेको छ ? नेपाल सरकारले लाइसेन्स समेत दिइसकेकोले क्युभीसीले सबै डकुमेन्टहरू एप्लाई गरिसकेको छ श्रम मन्त्रालयमा । त्यसर्थ, नेपाल सरकार लगायत मेनपावर ब्यवसायी साथीहरू  व्यक्तिगत स्वार्थ छाडेर अगाडी बढ्न हार्दिक अनुरोध  गर्दछु। यो सेवा सफल हुँदै गएपछि देशको अन्य क्षेत्रमा पनि यसलाई फैलाउन सकिन्छ । हामी कामदारकै लागि आएका हौ अन्यथा नासोचनोस। नेपाली कामदारलाई कतार सधै हार्दिक सम्मान र  हार्दिक स्वागत गर्न चाहन्छ । मैले भनिसके त– नेपालीहरू सुन हुन, उनीहरू आफै फलाम बन्न चाहन्छन् । त्यसर्थ, विश्वभर सबै देशले यो सेवा विस्तारमा सघाई रहेको सन्दर्भमा नेपाल सरकारले पनि निर्धक्क÷निसन्देह सहयोग गरोस् भन्ने चाहना रहेको छ, तपाइहरुलाइ कुनै शंखा लागेमा नेपालस्थित कतार राजदुताबास र कतारको पररास्ट्र मन्त्रालयमा सिधै थप जानकारी लिन सक्नुहुनेछ । क्युभिसी कतार सरकारकै अन्डरमा रहेर काम गर्ने कम्पनि हो हामीले सिंगापुरको कम्पनीलाई काम गर्नको लागि जिम्मा मात्रै दिएका हौ,उक्त कम्पनीले नै विभिन्न देशमा आफ्नो कामलाई सहयोग गर्नको लागि स्थानियको सहयोग लिने गरेका हुन् । यो प्रोजेक्टले नेपाल सरकार,नेपालि कामदार र कतार आउन चाहने सबैलाई फाइदै फाइदा पुग्छ । यति कुरा बुझ्नुस हामी नेपाल सरकार र नेपाली मेनपावर ब्यवसायी हरुको कुनै कार्यमा हस्तक्षेप गर्दैनौं हामी कतार आउने कामदार र अन्यका निम्ति भिसा प्रक्रियालाई सहज मर्यादित एवं ब्यवस्थित बनाउनेतर्फ मात्रै  केन्द्रित छौ । यसले दुइ देश बिचको सम्बन्धलाई अझै बधायर लैजान्छ तेसैले उक्त कम्पनीलाई नेपाल सरकारले छिट्टै बुझी नेपालमा छिटो सन्चालनको बाताबरण बनाइदिनको लागि बिनम्र अनुरोध गर्दछु साथै जनसवाल राष्ट्रिय दैनिकलाई पनि क्युभीसीको बारेमा बुझ्न र सबैलाई यथार्थ जानकारी दिनको  लागि कतार नै आउनुभएकोमा बिशेष धन्यवाद दिन चाहन्छु ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु