सामुदायिक सेवा केन्द्र टुँडालदेबी को तेह्रौं साधारणसभा सम्पन्न राम प्रसाद न्याैपाने को अध्यक्षमा नयाँ कार्य समिति चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ५ गते, शनिबार १२:५१

काठमाडौं माघ ५ सामुदायिक सेवा केन्द्र टुँडालदेवी बालुवाटार को तेह्रौं साधारणसभा का.म.पा. ४ मन्दिर परिसरमा अचुत प्रसाद सापकोटा को सभापतित्वमा र जेष्ठ नागरिक समाजसेवी अम्बिका देबि श्रेष्ठ को प्रमुख अतिथि साथै सचिव राम प्रसाद न्याैपाने को संचालनमा सु सम्पन्न भयो । उत्त सभा मा का.म.पा.४ वडा सदस्य धुब त्रिपाठी , कमलपोखरी प्रहरी प्रमुख रबिन्द नाथ पौडेल ले शुभकामना मन्तव्य साथै मिन प्रसाद पौडेल ले धन्यवाद मन्तबय राखनु भयो। टुँडलदेबी सामुदायिक सेवा केन्द्र को तेह्रौं साधारणसभा बाट अगामी ४ बर्ष कार्य कालको लागि अध्यक्ष राम प्रसाद न्याैपाने ,उपाध्यक्ष दिनेश महर्जन सचिव मिन प्रसाद पौडेल,कोषाध्यक्ष प्रतिमा पौडेल,सदस्य हरूमा कमल स्वाँर ,शिव कुमारी खनाल ,बिना प्रसाइ ,भक्त बहादुर गुरूङ, दुगा गाैतम,भैरव सापकोटा,अम्बिका श्रेष्ठ निर्वाचित भएको छन । सम्पूर्ण निर्वाचित कार्यसमितिलाई न्युजलाईन्स मिडियाको सफल कार्यकालको शुभकामना ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु