‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड’ माघ १८ गते कतारको दोहामा मन्त्री थापाद्वारा गैर आवासीय नेपालीहरु सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ६ गते, आईतवार ०८:४३

काठमाडौं ६ माघ ‘हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक इभेन्ट्स प्रालि’ले शनिबार एक कार्यक्रम गरि सामाजिक कार्यमा बिशेष योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । राजधानीको होटल सांग्रिलामा आयोजित कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले गैरआवासीय नेपाली संघ(एनआरएनए) का विभिन्न देशका पदाधिकारीलगायत विभिन्न देशमा रही आ आफ्नो तर्फबाट समाजसेवामा महत्वपूर्ण योगदान दिदै आएका गैरआवासीय नेपालीहरुसंगै देशमै रहेर आ–आफ्नो क्षेत्रबाट समाजलाई योगदान गर्नेहरुलाइ प्रमाणपत्रसहित बिशेष सम्मान गरेकी हुन् ।
उक्त कार्यक्रममा मन्त्री थापाबाट सम्मानित गैरआवासीय नेपालीहरुमा तेजप्रकाश पुन अध्यक्ष, हंगकंग नेपाल ब्यापार संघ तथा पूर्व कोषाध्यक्ष गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद, शिवकुमार बरुवाल, युरोप संयोजक, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद, प्रविन गुरुङ, मध्यपुर्ब सहसंयोजक, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद, खगेन्द्र न्यौपाने, अध्यक्ष,गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसिया, मनोज गोर्खाली, आइसीसी मेम्बर, गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषद, मोहम्मद रमजान अलि मिया, नेपाल हेल्प डेस्क संयोजक, राष्ट्रिय मानव अधिकार समिति कतार तथा संयोजक, अन्तराष्ट्रिय मुस्लिम समाज आईसीसी, मक्सुद आलम, पुर्व अध्यक्ष, गैरआवासीय नेपाली संघ (एनआरएनए) कतार रहेका छन् । उनीहरुलाइ नेपालबाहिर विभिन्न देशमा रही आआफ्नो तर्फबाट समाजसेवा र देश बिकाशमा महत्वपूर्ण योगदान दिएको भन्दै मन्त्रि थापाले सम्मानित गरेकी हुन् ।
कार्यक्रममा स्वदेशमै रहेर आ–आफ्नो क्षेत्रबाट समाजलाई योगदान गर्नेहरु इन्द्रप्रसाद गेलाल, कुमार शाक्य, दीपक छन्त्याल, प्रविन बल, किर्ति शर्मा, जीत लामालाइ पनि मन्त्री थापाले प्रमाणपत्रसहित सम्मान गरेकी थिइन । कार्यक्रममा मन्त्री थापाले सम्मानितहरुलाई अझै सामाजिक कार्यमा लाग्न आग्रह गर्दै माघ १८ गते कतारको दोहास्थित होटल बेस्ट वेस्ट्रनमा हुदै गरेको हिमालयन अन्तर्रा्िष्ट्रय नेपाली म्युजिक अवार्ड २०१९ को सफलताको कामना गरिन । मन्त्री थापाले कलाकार राष्ट्रका गहना भएकाले यिनको सम्मान गर्न राज्य सधै तयार रहेको बताइन । कार्यक्रममा उपस्थित अन्य अतिथिहरु परशुराम तामाङ्ग,उन्नती शिला बोहोरा र मिलन मोक्तानले हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को सफलताको कामना गरे । उक्त कार्यक्रममा माघ १८ गते कतारको दोहास्थित होटल बेस्ट वेस्ट्रनमा हुदै गरेको हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड २०१९ को नोमिनेट टप फाइभ कलाकारहरुको लाइभ पर्फमेन्स एंव फोटोसेसनका साथै कतार जाने कलाकारहरुलाई पनि मन्त्री थापासँगै अन्य आमन्त्रित अतिथिले बिदाइ गरेका थिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु