सामुदायिक सेवा केन्द्र टुँडालदेवीको आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्नमिसेस नेपाल वल्र्ड २०२४ का प्रतियोगीले ट्यालेन्ट राउण्डअन्तर्गत आफ्नो भिन्न भिन्न प्रतिभा प्रदर्शनगीति कविता : सिपाहीखेलाडीलाई उपचार खर्चरोयल इन्फिल्ड क्लासमा नेपाली राइडर दीपक साह विजयीकर्णाली प्रदेशका तीन खेलाडी कर्णाली याक्समाआज बडा दशैंको छैटौं दिन,कात्यायनीदेवीको पूजा गरिँदै यस्तो छ : महिमा र पूजाविधियस्तो छ तपाईंको असोज २२ गते मंगलबारको राशिफलविश्व मस्तिष्क पक्षाघात दिवस सम्पन्नबाढीपहिरोबाट भएको क्षतिबारे सातै प्रदेशका मन्त्रीसँग ऊर्जामन्त्रीको छलफल

श्रममन्त्रीले नै सीधै श्रम स्वीकृति दिदैं आशिंक रुपमा खुलाए मलेसियाको बन्द रोजगार

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ७ गते, सोमबार १०:१३

काठमाडौं– वैदेशिक रोजगार विभागले मलेसियाली कम्पनीको अनुरोधमा ३० जना मलेसिया जाने केही कामदारकालागि सीधै श्रमस्वीकृति प्रदान गर्न आदेश दिएको छ । विभागले मन्त्रालयको सहमतिमै यस्तो आदेश दिएको हो । विभागले वैदेशिक रोजगार कार्यालय ताहाचाललाई लेखेको पत्रमा मलेसियास्थित ओटीए टनेल स्क्वायड एसडिए बिएचडीले विभागका महानिर्देशकलाई आफ्नो कम्पनीमा काम गरि नेपाल फर्किएका र काम गर्न कम्पनीसँग सम्झौता गरि मलेसियाको राजदूतावासबाट सीधै भिसा प्राप्त गरेका २० जना कामदार र सोझै भिसा प्राप्ति प्रक्रियामा रहेका थप १० कामदारलाई भिसा उपलब्ध गराउन आदेश दिएको हो ।
विभागले भिसा स्वीकृतीका लागि श्रम, रोजगार तथा सामाजिक, सुरक्षा मन्त्रालयलाई सहमति माग गरि पठाएकोमा मन्त्रालयले वैदेशिक रोजगार ऐन २०६४ बमोजिम पत्रमा उल्लेखित सेवाका सबै शर्तहरु पालना गरि  स्वीकृति प्रदान गर्न सहमति प्रदान गरेको जनाइएको छ । यससँगै गत जेठदेखि मलेसिया कामदार पठाउन बन्द गरेको मन्त्रालयले मलेसियाली कम्पनीको माग अनुसार श्रम स्वीकृतिमा सहमति दिएको छ ।
मन्त्री गोकर्ण विष्टको निर्देशनमा  श्रम स्वीकृती पाएका  २० जना नेपाली कामदार मलेसिया पुगेका छन् । श्रम मन्त्रीले दिएको निर्देशनसँगै करिब ९ महिनादेखी बन्द भएको मलेसियाको रोजगारी आंशिक खुलेको हो । यस अघि व्यक्तिगत श्रम स्वीकृती लिएर जाने कामदारको लागि पनि मलेसिया बन्द गरिएको थियो । उनिहरु श्रम मन्त्रालयले कार्वाही गरेको भिएलएन, वान स्टेप सेन्टर र बायोमेट्रिक मार्फत नै प्रक्रिया मिलाएर मलेसिया पुगेका हुन् । मलेसिया जानेमा कामदारमा कुमार लामा, शान्तबहादुर राना मगर, श्यामकुमार लामा, कर्णबहादुर श्याङ्बो, हर्ला थारु चौधरी, गरुणप्रसाद चौधरी, रामनारायण चौधरी, शिवनारायण चौधरी, सुरेन्द्रनारायण चौधरी, मनोजकुमार चौधरी, हरिबनस चौधरी, राजाराम थारु चौधरी, नबराज श्रेष्ठ, ददिलाल विक र भिक्की विक रहेका छन् ।श्रम मन्त्रालयले गत जेठ २ गते मलेसिया जाने नेपाली कामदारमाथि ठगी गरेको भन्दै बायोमेट्रिक, भीएलएन, वान स्टेप सेन्टर, जीएसजी तथा माईग्राम्सलाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएको थियो । कात्तिक १२ गते नेपाल र मलेसियाबीच भएको श्रम समझादारीमा ती संस्थाहरु जिवित रहने गरी दुईपक्षिय सम्झौता भएको थियो । साथै श्रम समझदारी लगत्तै कलिङ भिषा आएका कामदाहरुलाई तत्काल मलेसियामा पठाउने निर्णय भएपनि श्रम मन्त्री विष्टले भने आफुले कार्वाही गरेको भेण्डर मार्फत कुनैपनि हालतमा कामदार पठाउन नसक्ने भन्दै रोक्दै आएका थिए । लामो समयसम्म मलेसियाको रोजगारी बन्द भएको भन्दै श्रम मन्त्री विष्टको चौतर्फि रुपमा आलोचना हुँदै आइरहेको छ ।
यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघले सम्पूर्ण व्यवसायीहरुलाई मलेसिया रोजगारिका लागि कामदार पठाउन श्रम स्वीकृतिको लागि तयार रहन अनुरोध गरेको छ । साथै कलिङ भिसा प्राप्त कामदारहरुको श्रम स्वीकृतीको लागि आज सोमबार बृहत छलफल गर्ने तयारी भइरहेको अध्यक्ष रोहन गुरुङले जानकारी दिएका छन् ।(सोत जनसवाल दैनिक)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु