दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाल अपाङ्ग महिला संघको १९ औं साधारण सभा तथा राष्ट्रिय सम्मेलन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ८ गते, मंगलवार १२:५४

८ माघ २०७५ शर्मिला विश्वकर्मा, काठमाण्डौं
नेपाल अपाङ्ग महिला संघको १९ औं साधारण सभा काठमाण्डौंमा सम्पन्न भएको छ र सो साधारण सभाको अवसरमा देशका विभिन्न प्रकारका अपाङ्गता भएका महिलाहरुको सवालमा राष्ट्रिय सम्मेलन पनि आयोजना गरियो । सो कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी अध्यक्ष निर्मला धितालले संस्थाले अपाङ्गता भएका महिलाहरुको लागि छात्रावासको व्यवस्था गर्नुको साथै उनीहरुको न्यायको लागि काम गर्दै आएको बताउनु भयो । त्यसै गरी एलाएन्स फर सोसल डाइलगकी कार्यक्रम अधिकृत नितु पोखरेलले यो संस्थाले अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकार सुनिश्चित गर्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनु भयो भने संस्थाकी संस्थापक अधयक्ष रामा ढकालले यो संस्थाले आगामी दिनमा पनि सबै प्रकारका अपाङ्गता भएका महिलाहरुका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषयमा सल्लाह सुझाब दिन अनुरोध गर्दै उक्त सल्लाह सुझाबका आधारमा सबै प्रकारका अपाङ्गता भएका महिलाहरुको हक हित र अधिकारको लागि काम गर्ने बताउनु भयो ।
त्यसै गरी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका शाखा अधिकृत ओम भट्टराईले आगामी दिनमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सुनिश्चित गर्नका लागि मन्त्रालय मार्फत स्थानीय निकायहरुलाई निर्देशन दिएको बताउदै आफु आवद्ध मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । सो कार्यक्रमा काठमाण्डौं महानगरपालिकाकी उपमेयर हरीप्रभा खड्गीले काठमाण्डौं महानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि बजेट विनियोजन गरेको बताउदै सरोकारवाला निकायका रहेक भवनहरु अपाङ्गता मैत्री बनाउनु पर्ने बताउदै अपाङ्गता भएका व्यक्तिहरुको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्नु पर्ने बताउनु भयो । त्यसै गरी सो कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश नं ३ का सभा सदस्य कुशुम कुमार कार्कीले अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकार सुनिश्चित गर्नको लागि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो । उक्त कार्यक्रमा सुमधुर स्वरकी धनी नेपाल आइडलको ११ नं र छिमेकी राष्ट्र भारतको जिटिभी मार्फत प्रशारण हुने रियालिटि सो सारेगमपमा पनि ११ औं स्थान सम्म आउन सफल दृष्टिविहिन महिला मेनुका पौडेल, संस्थाका कर्मचारीहरु दिपा खानाल र मोरङ्ग जिल्लामा रहेर काम गर्ने कर्मचारी मिना आर्चालाई सम्मान पनि गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु