एनआरएनए उच्चस्तरीय समितिद्वारा राष्ट्रिय समन्वय परिषद्सँग बैठक आह्वानप्रेरणाका पात्र : मार्बल बोन डिजिज सर्भाइभर अनिल कुमार महर्जनझापा एफसीमा अल्हाजी गेरोको आगमन!नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपको तयारी पूरामहिला लघुवित्तको सातौं बार्षिक साधारणसभा सम्पन्नराष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वरिष्ठ सञ्चारकर्मी एवं कलाकार वसन्तराज रिजालउद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई नियमित विद्युत आपूर्ति हुने : ऊर्जामन्त्रीएसइई परीक्षा आजदेखि देशभर सुरु, ५ लाखभन्दा बढी विद्यार्थी सहभागीFonepay द्वारा "Digi-Smart Nepal" अभियानSparrow SMS Celebrates 15 Years of Transforming Enterprise Messaging in Nepal

प्रहरीले चलाएको गोली लागी एक युवक घाइते

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ८ गते, मंगलवार २३:०७
काठमाण्डौं । माघ ८ । काठमाण्डौंको गोंगबुमा आज साँझ गोली चलेको छ । प्रहरीले चलाएको गोली लागी एक युवक घाइते भएका छन् ।
काठमाडौंको गोंगबुस्थित होटल नक प्रालिको कोठा नं १०४ मा बसिरहेका काभ्रेका अभिलास तामाङलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले तामाङलाई पक्राउ गर्ने क्रममा गोली हानेको बताइएको छ । पक्राउ गर्ने क्रममा तामाङले प्रहरीलाई पेस्तोल देखाएपछि गोली हान्नुपरेको प्रहरीले दावी गरेको छ । प्रहरीले हानेको गोली तामाङको देब्रे गोडामा लागेको छ उनको त्रिविवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर काठमाण्डौंले जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाण्डौंका प्रमुख एसएसपी वसन्त लामाका अनुसार गएरातिदेखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचना आएको थियो । सोही आधारमा मंगलबार साँझ प्रहरी टोली त्यहाँ पुग्दा पेस्तोल देखाएपछि गोली चलाउनु परेको उनले बताए ।तामाङको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद भएको उनले दाबी गरे ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु