प्रियंका र आयुष्मानले गरे आयंका फाउण्डेशनको घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ८ गते, मंगलवार २३:१२

काठमाडौं, ८ माघ  । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले आयंका फाउण्डेशनको घोषणा गरेका छन् । अभिनय क्षेत्रमा सक्रिय यो जोडीले संस्था मार्फत सामाजिक काम गर्ने मनस्थितिले फाउण्डेशन स्थापना गरेका हुन् । कलाकारिता क्षेत्रमा सफल यी जोडी कलाकारको आवाज धेरैले सुन्ने र मनन गर्ने भएकाले आयंका फाउण्डेशनको सुरु गरिएको उनीहरु बताउँछन् । यस्तो परोपकारका लागि आफ्नो कमाईको १० प्रतिशत रकम छुट्याईने उनीहरुको प्रतिबद्धता छ ।

विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुसँगको सहकार्यमा स्वास्थ्य, शिक्षा, सरसफाई, महिनावारी, बालविवाहलगायतका विविध विषयमा चेतना फैलाउन फाउण्डेशन अग्रसर रहने नायिका प्रिंयंका कार्कीले जानकारी दिएकी छिन् । नायक आयुष्मानका अनुसार बालबालिकाको शिक्षामा विशेष जोड दिँदै असहाय, अनाथ र पिडितको घाउमा मल्हम पट्टी लगाउन पनि फाउण्डेशनले सक्दो प्रयास गर्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु