हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्ने।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ९ गते, बुधबार १४:४५

काठमाडौं–उपत्यकासहित देशमा धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावले पूर्वका थारै र मध्य तथा पश्चिममा धेरै ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार यो प्रणाली अहिले पूर्वतिर सरिरहेकाले बुधबार काठमाण्डौसहित पूर्वका धेरै ठाउँमा दिनभरी नै पानी पर्नेछ । पश्चिममा पनि मौसम खुल्ने संभावना छैन । बुधबार रातिदेखि यो प्रणाली कमजोर भएपछि बिहीबार देशभरी कै मौसम सुधार हुनेछ ।मौसमविद् श्रेष्ठका अनुसार शुक्रबारदेखि फेरि अर्को प्रणाली आउन लागेकाले देशभरी कै मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने उहाँको अनुमान छ । बुधबार दिउँसो पानी पर्ने भएकाले देशभरीकै अधिकतम तापक्रम घटेर चिसो हुने मौसमविद् समिर श्रेष्ठको भनाइ छ । पानीसँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ पनि परेकाले पानी पर्न रोकिएपछि देशभर चिसो बढ्नेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु