दोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्ननेक अल्मुनाई मिटः दक्ष जनशक्ति उत्पादनमा कलेजले पुर्याएको योगदानको प्रशंसाअन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

म नागरिकको नोकर हूँ, शासक बन्न चाहन्न : प्रधानमन्त्री

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १० गते, बिहीबार १०:४१

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू जनताको नोकर बन्ने तर शासक नबन्ने बताएका छन् । विश्व आर्थिक मञ्चको कार्यक्रममा भाग लिन स्विजरल्याण्डको डाभोस पुगेका ओलीले प्रजातन्त्रको सून्दरता भनेकै नागरिकमैत्री शासन भएको बताए । सेपिङ द फ्युचर अफ डेमोक्रेसी शिर्षकको सेसनमा ओलीले नागरिकको हितमा काम गर्ने नेता भएको भन्दै नागरिकका हक अधिकार सुरक्षित नभएसम्म त्यो प्रजातन्त्र दिगो नहुने पनि बताए ।नेपालले पूर्णरुपमा लोकतन्त्रको उपभोग गरिरहेको भन्दै ओलीले यही शासन प्रणालीमार्फत सुखी नेपाली, समृद्ध नेपालको चाहना पूरा गर्ने बताए । नेपालमा एकतान्त्रिक शासनको अन्त्य भएको र नागरिकले चुनेका नागरिकका प्रतिनिधि सत्तामा रहेका भन्दै ओलीले केन्द्रमा भएका धेरै अधिकार तल्लो तहमा पुगेको पनि दावी गरे । साथै उनले नेपाल केन्द्रीकृत मानसिकतामा नभएको पनि स्पष्ट गरे ।(जनसवाल दैनिक )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु