शहीद सप्ताह आजदेखि शुरू: शुक्रराज प्रति श्रद्धान्जली

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १० गते, बिहीबार १४:४५

किशोर सेढाई ।
माघ १०, काठमाडौं । शहीद सप्ताहको पहिलो दिन आज शहीद शुक्रराज शास्त्री प्रति श्रद्धान्जली व्यक्त गरिएको छ ।
यसै अवसरमा राजधानीको टेकुमा रहेको शहीद शुक्रराज शास्त्रीको पुर्ण कदको शालिकमा उपप्रधान एवं रक्षामन्त्री साथै कार्यवाहक प्रधानमन्त्री तथा प्रमुख अतिथी ईश्वर पोखरेल र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले एक समारोहबिच संयुक्त रुपमा अनावरण गर्नु भयो ।सो अवसरमा बोल्दै कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले शहीद हरु अहिले हामीबिच भौतिक रुपमा नरहे पनि उहाँहरुले देश प्रति गरेको योगदानको सदैव कदर गर्नु पने र भावी पुस्ताले पनि यसलाई अनुकरण् गर्नु पर्ने बताउनु भयो ।यसैगरी सोहि श्रद्धान्जली कार्यक्रमममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले राणा कालको त्यो बोल्न नपाउने राजनीति गर्न नपाइने त्यो निरंकुश समयमा शहीद शुक्रराज शास्त्री र अन्य तीन जना शहीद धर्म भक्त माथेमा, दशरथ चन्द्र र गंगालालले राणा शासन विरुद्ध विद्रोह गरी देश र जनता प्रति गरेको शहादतलाई हामीले सदैव स्मरण गर्नु पर्ने बताउँदै उहाँहरुको पदचिन्हलाई आत्मसात गर्नु पर्ने बताउनु भयो ।यसैगरी कार्यक्रममा बोल्दै महानगरपालिकाकी उप प्रमुख हरि प्रभा खडगी श्रेष्ठले वि.स. १९९७ साल माघ १० गते देखि माघ १५ भित्र देश र जनताका लागि शहादत प्राप्त गरेका चार जना नेपाली सपुत शहीद शुक्रराज शास्त्री र भक्त माथेमा, दशरथ चन्द्र र गंगालालको शहादत प्राप्त स्थानलाई महानगरले एैतिहासिक बनाउनु पर्ने बताउनु भयो ।वि.सं १९९७ साल माघ १० गते मध्यरातमा शुक्रराज शास्त्रीलाई टेकु पचलीको खरीको बोटमा झुण्डाई मृत्युदण्ड दिएको थियो । तत्कालीन राणा सरकाले उनी माथि इन्द्रचौकमा गीताको प्रवचन मार्फत जनतामा राणा सरकार बिरुद्ध भडकाउपुर्ण भाषण दिएको आरोप लगाएको थियो ।कार्यक्रममा प्रमुख अतिथी उपप्रधान एवं रक्षामन्त्री , कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य र एमाले सभासद कृष्ण गोपाल श्रेष्ठले संयुक्त रुपमा बिष्णु जोशीद्धार रचित लघु काव्य रगतको तर्पण शहीद लाई पनि विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल आर्य समाज, काठमाडौ. महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत यादव प्रसाद कोइराला,काठमाडौं महनगरपािलकाका वडाध्यक्ष,महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल, महागरपािलकाका विभागीय प्रमुख,महाशाखा प्रमुख , कर्मचारी र स्थानीय जनताको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु