नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

समसामयिक राजनीतिका साथैआगामी कार्यदिशाका बारेमा शनिबार बैठक बस्दै नेविसंघ : अध्यक्ष लामा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ११ गते, शुक्रबार ११:३५

काठमाडौं ।नेपाली कांग्रेस (विपी) को भ्रातृ संगठन नेविसंघको केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ ।अध्यक्ष अन्जान लामाका अनुसार समसामयिक राजनीतिका साथै आगामी कार्यदिशाका बारेमा बैठकमा छलफल हुनेछ । सबै जिल्ला अध्यक्षका साथै पार्टीको नेताहरुको समेत उपस्थितिमा हुने बैठकले सबै जिल्लामा संगठन बिस्तार गर्दै लाने पनि जनाएको छ ।
गत प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पनि भाग लिएको पार्टीले नेपाली कांग्रेसले विचार र सिद्धान्त छोडेर गलत बाटोमा गइसकेकाले प्रजातान्त्रिक पार्टीको रुपमा आफूलाई स्थापित गर्ने भन्दै आएको छ ।
‘यो हाम्रो बैठकले एउटा नयाँ दृष्टिकोण र राजनीतिक दिशा प्रस्तुत गर्नेछ ’ अध्यक्ष लामाले भने ‘ यो बैकल्पिक प्रजातान्त्रिक पार्टी हो, कांग्रेस छोडेर पनि हामीकहाँ आएका छन् ।’
लामाले सबै जिल्ला समिति गठन गर्दै आगामी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सक्रियताका साथ सहभागी हुने जनाएका छन् । लामा पार्टीको पनि केन्द्रीय सदस्य हुन् । पार्टीले तरुण दल, महिला संगठन, ट्रेड युनियनसमेत गठन गरेको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु