नेपाल र युएई एकदिवसीय क्रिकेट : आज भिड्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ११ गते, शुक्रबार ११:५९

काठमाडौं, ११ माघ । एकदिवसीय मान्यता पाएको झण्डै एक वर्षमा नेपालले दोस्रो सिरिज आज यूएईविरुद्ध खेल्दैछ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) बाट ०७४ चैत १ गते नेपालले एकदिवसीय क्रिकेट राष्ट्रको मान्यता पाएपछि दोस्रो एकदिवसीय सिरिजका लागि युएई भ्रमणमा रहेको नेपालले शुक्रबार पहिलो खेल खेल्न लागेको हो । दुबईस्थित आईसिसीको क्रिकेट एकेडमीमा नेपाल र युएईबीचको पहिलो खेल नेपाली समय अनुसार बिहान ११ः१५ मा सुरु हुनेछ । नेपालले घरेलु टोलीसँग ३ खेलको एकदिवसीय र ३ खेलकै टी–ट्वान्टी सिरिज खेल्नेछ । नेपालको टोली-पारस खड्का (कप्तान),अभिनाश बोहोरा,वसन्त रेग्मी,विनोद भण्डारी,दिपेन्द्रसिंह ऐरी,ज्ञानेन्द्र मल्ल,करण केसी,ललित नारायण राजवंशी, आरिफ शेख,पवन सर्राफ,प्रदिप ऐरी,रोहित कुमार पौडेल,सन्दिप लामिछाने,सोमपाल कामी,सन्दिप जोरा,भिम सार्की । यूएईको टोली – मोहम्मद नाविद(कप्तान),मोहम्मद उस्मान(उपकप्तान),चिराग सुरी,अशफाक अहमद,मोहम्मद बुटा,शाइमन अनवर,गुलाम शब्बर,इमरान हैदर,ताहिर मुगल,अमिर हयात,जाहूर खान,कदीरअहमद,फहद नवाज,अब्दुल शकूर,सुल्तान अहमद,सी।पी।रिजवान ।(जनसवालदैनिक )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु