काठमाडौं, ११ माघ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध ईतिहासकै राम्रो मध्येको कालखण्ड अहिले रहेको दाबी गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो कार्यकालको यो कालखण्डको सम्बन्ध ईतिहाँसकै राम्रो मध्येको एउटा हो ।’
मन्त्री महासेठले भने : ‘एकल लेन सडक निर्माण गर्ने कुनै नीति छैन’
सि जिनपिङले चीनमा गरेजस्तै ओलीले नेपालमा विकास गर्नुहुन्छ : मन्त्री महासेठ (भिडियोसहित)
‘निर्देशनअनुरुप काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने चेतावनी’
जनवरी १० भित्रै भारतसँग रेल किन्ने सम्झौता हुन्छ : मन्त्री महासेठ
मन्त्री महासेठसँग यसरी खनिए माधव नेपाल, गम्भिर परिणाम भोग्नुपर्ने चेतावनी
नेपाल–भारत द्धिपक्षीय सम्बन्ध अत्यन्तै सुमधुर रहेको सुनाउँदै आगामी दिनमा पनि यसलाई अझै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो । उनले भने,‘हामीबीच ऐतिहाँसिक सम्बन्ध छ । हामीबीच सामाजिक–सांस्कृतिक, धार्मिक सम्बन्ध प्रगाढ छ । यो सम्बन्ध न कहिले फुट्छ, न कहिले टुट्छ।’
उनले नेपाल र भारतबीच कृषि, उर्जा, भौतिक पूर्वाधार र अन्य विकास निर्माणका काममा राम्रो सहकार्य रहेको सुनाउँदै सबै क्षेत्रमा दुवै सरकारले सोचेअनुसार काम भैरहेको पनि विश्वास दिलाए । उनले भारत सरकारको अनुदानमा नेपालको ‘क्रस–बोर्डर’ लाईन निर्माण भैरहेको पनि सुनाए ।
उनले भने,‘जलपाईगुडीदेखि काँकडभिट्टासम्म, जोगबनीदेखि विराटनगरसम्म, नुतन्बादेखि भैरहवासम्म, नेपालगञ्जदेखि नेपालगञ्ज रोडसम्म निर्माण भैरहेको छ । नेपालको यातायात सञ्जालमा भारतको राम्रै सहयोग छ।’
मन्त्री महासेठले ७० औं गणतन्त्र दिवसको अवसरमा भारतलाई अहिले सोचभन्दा राम्रो समृद्धि मिलोस भन्दै शुभकामना समेत दिएका थिए ।