नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

ईपिजीको प्रतिवेदन मधेशले सिधै अस्विकार गर्छ : अनिल झा 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ११ गते, शुक्रबार १५:४३

काठमाडौं, ११ माघ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाले मधेशले ईपिजीको प्रतिवेदनलाई सिधै खारेज वा ईन्कार गर्ने चेतावनी दिए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले भारतको ७० औं गणतन्त्र दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने,‘ईपिजीमा एकजना पनि बोर्डरमा बस्ने मधेशी समूदायको मान्छे सहभागी थिएनन् । बोर्डरमा के समस्या छ ? हाम्रो रोजीबेटीको सम्बन्ध भनेपछि त्यो कुन प्रकारले अघि बढ्ने हो र कुन प्रकारले बढिरहेको थियो ? र कुन प्रकारले बढ्नुपर्छ भनेर निर्णय गर्दा हाम्रो कुनै पनि सहभागिता नभएकोले त्यो प्रतिवेदन हामी कुनैपनि हालतमा स्विकार्दैनौं ।’
झाले नेपाल सरकारले यदि त्यसलाई यथास्थितिमा अघि बढाए आफूहरुले त्यसको विरोध गर्ने चेतावनी दिए । उनले भने,‘त्यसैले त्यसको रिभ्यु हुनुपर्छ । त्यसमा मधेशी समुदायको स्टेक हुनुपर्छ ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सदियौंदेखि अत्यन्तै प्रगाढ रहेको सुनाउँदै आगामी दिनमा पनि सम्बन्ध सुमधुर बनाउनुपर्नेमा जोड दिए । उनले भने,‘नेपाल–भारत सम्बन्ध हामीले बनाएको होईन, यो त युगौं अघिदेखि निर्मित हो । हामीबीचको सम्बन्ध अतुलनीय छ ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा आँच आउने काम कसैले पनि गर्न नहुने धारणा व्यक्त गरे । उनले थपे,‘हामीबीच नदी साझा, चराचुङी साझा, भगवान साझा, सैतान साझा सबै साझा छन् । हामीबीचको सम्बन्धमा जे कुरामा पनि साझा लगाउँदा पुग्छ ।’
उनले आतंकवाद र अपराधको समस्या पनि साझा भएकोले यो समस्यालाई साझा रुपमा हल गर्नुपर्ने बताए । भारतको ७० औं गणतन्त्र दिवसको अवसरमा भारतलाई पूर्ण सफलता मिलोस भन्दै शुभकामना पनि दिए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु