तेजप सुबेदी “लुरेश्वोर” को ” गजल “

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ११ गते, शुक्रबार १८:१०

🌹🌹🌹🌹🌹गजल🌹🌹🌹🌹🌹

म सोच्छु यो खबर अब लगातार, आउदैन
हत्या,बलात्कार भएको समाचार, आउदैन

परदेशबाट हजारौ राता बाकसहरु आइपुगे
तर पनि मेरो देशमा कुनै रोजगार, आउदैन

छोराछोरीलाइ सङ्गै राखेर केही सिकाउनुस
यति नगरे सन्तानमा केही संस्कार, आउदैन

सफल बन्न जिन्दगीमा धेरै दुख गर्नुपर्ने हुन्छ
नघोटिइकन त हतियारमा पनि धार,आउदैन

शुभकामना दिएर किन परदेशिलाइ रुवाउनु
इद,कृस्मस आउँछ उता दशै तिहार,आउदैन

-तेजप सुबेदी
Champadevi – 7, Okhaldhunga

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु