दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

एकदिवसीय क्रिकेट : करन केसीले लिए विकेट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ ११ गते, शुक्रबार २३:०४

युएईमा जारी घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) सँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरे पनि उत्कृष्ट बलिङ गरिरहेको छ। दोस्रो ओभरमा नेपालले विकेट लिएको हो। नेपालका लागि करन केसीले पहिलो विकेट लिए। उनले आफ्नो पहिलो ओभरको पाँचौ बलमा युएईका ओपनर आस्फाक अहमदलाई एलबिडब्लुको धरापमा पारे। यसअघि नेपालले दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ३३.४ ओभरमा अलआउट हुँदै ११३ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। यस्तै आरिफ शेखले २५ रन बनाउँदा कप्तान पारस खड्काले २० रन जोडे।सन्दिप लामिछानेले १५ रन बनाउनुबाहेक अन्य कुनै पनि नेपाली खेलाडीले दोहोरो रनको स्कोर छुन सकेनन्। ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै शून्य रनमा आउट हुँदा सातौं ओभरमा नेपालले दोस्रो विकेट गुमाएको थियो।

त्यसपछि टिमको स्कोर ५० रन नपुग्दै महत्वपूर्ण चार विकेट गुमाइसकेको नेपाललाई सोमपाल कामीले केही उकासे। सातौं ओभरको पहिलो बलमा दोस्रो विकेटका रूपमा बिनोद भण्डारीलाई ५ रनमा गुमाएको नेपालले कप्तान पारस खड्कालाई २० रनमा तेस्रो विकेटका रूपमा गुमाएको थियो।

१२औं ओभरको अन्तिम बलमा कप्तान खड्का ३६ बल खेल्दै ३ चौका प्रहार गरेर आउट भए। यस्तै १३औं ओभरको चौथो बलमा अर्का भरपर्दा ब्याट्मेन दीपेन्द्र सिंह ऐरी शून्य रनमा रन आउट भए। त्यसपछि आएका सोमपाल कामीले ३० रनसम्म बनाए। २२ ओभरको तेस्रो बलमा पवन सरार्फ ४ रनमा आउट भए पछि नेपाली इनिङ्स धरमरायो।

अर्का बिस्फोटक ब्याट्मेन करन केसी २४औं ओभरको तेस्रो बलमा ३ रन जोडेर आउँट हुँदा २५ औं ओभरको पाँचौ बलमा बसन्त रेग्मी शून्य रनमा आउट भए। त्यसपछि नेपालको इनिङ्सलाई आरिफ शेख र सन्दिप लामिछानेले १०० रन कटाए। ३० औं ओभरमा आरिफ २५ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल थप संकटमा पर्‍यो। युएईका लागि सुरूवाती कप्तान मोहम्मद नाभिदले ३ विकेट लिँदा आमिर हायात र इमरान हैदारले २(२ विकेट लिए भने क्वादेर अहमदले १ विकेट लिएका छन्।(जनसवालदैनिक )

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु