नुवाकोट । माघ १२ । नुवाकोटको शिवपुरी गाँउपालीका ८ थानापतिमा ३० जना अपांगता भएका व्यक्तिहरुका लागि ब्लाङकेट बितरण गरिएको छ ।
शिवपुरी मिडिया नेटवर्कको संयोजनमा शिवपुरी अपांग संघ थानापतिद्धारा आज आयोजीत एक कार्यक्रममा शिवपुरी गाँउपालीका ८ का अपांगता भएका व्यक्तिहरुलाई उक्त सामान बितरण गरिएको हो ।
कार्यक्रममा शिवपुरी गाँउपालीका ८ थानापतिका वडा अध्यक्ष पदमबहादुर थपलियाले ग्रामिणभेगमा रहेका अपांगता भएका व्यक्तिहरुको अवस्था दयनीय रहेको बताँउदै उनिहरुलाई ज्ञान, सिप र आयका क्षेत्रमा कार्यक्रम आउनु पर्ने बताए ।
वडा अध्यक्ष थपलियाले थानापतिका अपांगता भएका व्यक्तिहरुको हितका निम्ती गाँउपालीकासंग आवश्यक पर्ने हर प्रकारको सहयोगका निम्ती पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रधानमन्त्री कृषि आधुनीकीकरण परियोजना (तरकारी जोन) का अध्यक्ष एवं जागरुक सहकारीका अध्यक्ष रामप्रसाद पुडासैनीले अपांगता भएका व्यक्तिहरुका निम्ती यस्ता कार्यक्रमहरु आउनु राम्रो रहेको बताँउदै सामाजीक कामहरुमा आफनो तर्फबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै समाजसेवी बलराम खडकाले अपांगता भएका व्यक्तिहरुका हितका निम्ती शिवपुरी मिडिया नेटवकका अध्यक्ष रबिन थपलियाले गरेको कार्यहरु सराहनीय रहेको बताँउदै अपांगता भएका व्यक्तिहरुको हितका निम्ती आफुले पनि सक्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शिवपुरी मिडिया नेटवर्ककका अध्यक्ष एवं शिवपुरी अपांग संघका अध्यक्ष रबिन थपलियाले शिवपुरी गाँउपालीकासंग समन्वय गरेर गाँउपालीका भरीका अपांगता भएका व्यक्तिहरुको डाटासंकलन गरी उनिहरुका निम्ती उपयुक्त कार्यक्रम ल्याइने बताए । थपलियाले थानापति मन्दीरमा शिवपुरी मिडियाले आयोजना गरेको कार्यक्रमबाट बचेको रकममा मिडियाको तर्फबाट केहि पैसा थप गरेर शिवपुरीमा अपांगता सहायताकोष बनाउने प्रतिबद्धता समेत व्यक्त गरे ।
शिवपुरी अपांग संघका सचिब हरि डंगोलले सञ्चालन गरेको कार्यक्रममा शिवपुरी गाँउपालीका वडा नं ८ का वडा सदस्यहरु दिपक थपलिया, रामशरण थापा, ऋषिमुनी आयुर्वेद सेवाश्रमका महासचिब गणेश बहादुर राना लगायतको उपस्थीति रहेको थियो ।