कश्यप एकेडेमी स्कुलमा बृहत रक्तदान कार्यक्रम हुनेग्लोरी टिन एण्ड किड्स ट्यालेण्ट्सको प्रथम अडिसन साउन १९ मा गंगबुँ आत्मज्ञान स्थित कुक्कुमा हुनेभुक्तानी, समाशोधन र फर्छ्योटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्नेआज कति छ नेपाली बजारमा सुन चाँदीको मूल्य ?गायिका रचना रिमालको "बिलौना" बोलको तीज गित बजारमाचलचित्र ‘नम्बरी सुन’ को ट्रेलर सार्वजनिकराष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा शिवराज अधिकारी नियुक्तसिंगापुरका लागि खेलाडी बिदाईहेर्नुस् आज २०८१ साल साउन ११ गते शुक्रबारको राशिफलमिसेस नेपाल वल्र्ड २०२४ को लागि बिहिवारबाट आवेदन खुल्ला

धर्मभक्त माथेमा प्रति श्रद्धान्जली व्यक्त ।

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १३ गते, आईतवार ११:४८

 

किशोर सेढाई ।
माघ १३, काठमाडौं । शहीद सप्ताहको चौथो दिन आज शहीद धर्मभक्त माथेमा प्रति श्रद्धानज्ली व्यक्त गरिएको छ । यसै अवसरमा राजधानीको सिफलमा एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरिएको छ ।कार्यक्रममा बोल्दै काठमाडैं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले परिवारको दुख सहेर पनि जनताको मुक्तिको लागि शहीद धर्मभक्त माथेमाले गर्नु भएको योगदान नेपाली जनताको मानस पटलमा सदैव स्मरणीय रहने बताउनु भयो ।
यसैगरी कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा नं नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले सुखी नेपाली समृद्ध नेपाल निर्माणको लागि शहीदले देखेका सपनाहरु साकार गर्ने दायित्व आफुहरुमा रहेकाले सवैलाई यस अभियानमा जुटनको लागि अनुरोध गर्नु भयो ।
सोहि श्रद्धान्जली कार्यक्रमललाई सम्बोधन गर्दे माथेमा समाज गुठीका नरेश रामभक्त माथेमाले धर्मभक्त माथेमाले माथेमा परिवारका लागि गरेको योगदान देशका लागि सराहनीय रहेको बताउनु भयो ।
धर्मभक्त माथेमाको जन्म वि.स. १९६६ साल असोज ९ गते काठमाडैंको ओमबहालमा भएको थियो । उहाँले भारतको दार्जिलिड.मा शिक्षा आर्जन गर्नु भएको थियो । उहाँ नेपालको प्रजातान्तिक आन्दोलनका नेता मात्रै नभएर नेपालका पहिलो व्यवसायिक शारिरीक सुगठन (प्रोफेसनल बडी बिल्डर) पनि हुनुहुन्थ्यो । उहाँले नेपालमा पहिलो पटक शारिरीक सुगठन प्रविधि भित्राउनु भएको थियो । भारतको कलकत्तामा अध्ययनरत हुदा उँहा जिमखानामा भर्ना हुनु भएको थियो । यसैगरी कलकत्तामा आयोजना भएको विभिन्न शारिरीक सुगठन प्रतियोगितामा जित हासिल गरि उहाँ बंगाल च्याम्पियन समेत हुनु भएको थियो ।
उँहाले काठमाडौंको आफनै निवास ओमबहलमा जिमखानाको स्थापना गर्नु भएको थियो । उँहा राजा त्रिभुवनका व्यायाम शिक्षक पनि हुनुहुन्थ्यो । राणा शासन बिरुद्ध जनतालाई मुक्त गर्न माथेमाले वि.सं १९९३ सालमा आफनै निवासमा नेपाल प्रजा परिष्दको स्थापना गर्नु भयो । एक दिन राजा त्रिभुवनको उपस्थितिमा काठमाडैंको लैनचौरमा नेपाल प्रजा परिषदको गोप्य बैठक चलि रहेको समयमा उहाँ सहित धेरैजना गिरप्तारमा परे । उँहालाई पछि राणा सरकारले नेपालमा प्रजा परिषद गठन गरि जन मानसमा चेतना फैलाएको अअिभयोगमा शुक्रराज शास्त्रीलाई फाँसी दिएको दुई दिन पछि वि.सं १९९७ साल माघ १३ गते काठमाडौंको सिफलमा बकैनाको रुखमा झुण्डाई मृत्युदण्ड दिएको थियो । सो श्रद्धान्जली कार्यक्रममा कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव प्रसाद कोइराला,काठमाण्डौ महानगरपालिकाका प्रवक्ता ईश्वरमा डंगोल, विभागीय प्रमुख , महाशाखा प्रमुख, महानगरका कर्मचारी , समाजिक संस्था नेपाल आर्य समाज र स्थानीय वडावासीहरुको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु