-कमला अधिकारी
मेशना डिजिटलको प्रस्तुतिमा अत्यन्तै वियोगान्त प्रेम कथामा आधारित मार्मिक लोक दोहोरी गीत ” तगारो” म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानल मार्फत सार्वजनिक भएको छ । चर्चित गायक तथा संगीतकार अमित बाबु रोकायको लय साथै विकल्प संगीतको शब्दमा सृजना गरिएको उक्त गीतमा बहुचर्चित गायिका बिष्णु माझी र गायक रिजन थापाको सुमधुर स्वर रहेको छ । ब्यस्त अनि चर्चित निर्देशक कपिल लामाको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियोमा पछिल्लो समय लगातार म्युजिक भिडियोहरुमा आफ्नो उत्कृष्ट प्रतिभा प्रस्तुत गर्दै लोकप्रिय बन्दै गएका मोडल प्रकाश सापकोटा र हरेक दर्शकको पहिलो रोजाइमा पर्ने बहुचर्चित मोडल सारिका के.सीको अभिनय रहेको छ भने भिडियोलाई सुरेश श्रेष्ठले छायांकन साथै दिपक बिष्टले सम्पादन गरेका छन । भिडियो हेर्नुहोस :