हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

आङ र गेल्जेको पहलमा दुई निकुञ्जभिजको रक–क्लाइम्बिङ सरसफाई

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १३ गते, आईतवार २०:११

काठमाडौं। बालाजु बाइपासस्थित नागार्जुन निकुञ्ज र शिवपुरी राष्ट्रिय निकुञ्जभित्र निर्माण भएका १९ वटा पर्यटन क्लाइम्बिङ गर्ने रुट फोहर भएकोमा त्यसलाई सफाई गर्ने कार्य भएको छ। पर्यटन व्यवसायी आङ पासाङ शेर्पा र गेल्जे शेर्पाको पहलमा सरसफाई कार्यक्रम भएको हो।
विगत १८ बर्षअगाडि निर्माण भएको उक्त १९ वटा रुट केही बर्षदेखि अत्यन्त फोहर भएकोमा क्लाइम्बिङ गर्न कठिनाई भैरहेको थियो। आङ पासाङ शेर्पा र गेल्जे शेर्पाको संयुक्त प्रयासवाट ती रुटहरुमा सरसफाई भएपछि क्लाइम्बिङ गर्न सहज हुन पुगेको पर्यटन व्यवसायीहरुको भनाई रहेको छ। क्लाम्बिङको रोमाञ्चकतालाई अझ सहज र सुरक्षित बनाउनका लागि थप ढुंगालाई खोपेर डोरीमा झुण्डिन मिल्ने गरेर सामाग्री जडान गरिएको छ। जसवाट साहसिक खेल, पदयात्रा र पर्वतारोहणका लागि नभइ नहुने रक क्लाइम्बिङ विस्तार भएको आङ पासाङ र गेल्जे शेर्पा दुवैले भनेका छन्।


क्लाइम्बिङको १९ वटा रुटमा रुट नंबर १९ को रक फल डाउन हुने खतरा भएकोले त्यस रुटमा खतरा लेख्ने कार्य पनि दुवैले गरेको बताएका छन्। उनीहरुका अनुसार रुट नंबर १ देखि १८ सम्मभने संपूर्ण रुपमा सुरक्षित रहेको छ। क्लाइम्बिङ स्पटमा प्रवेश गर्न पहिला जनही नगद ५ सय रुपैया तिर्नुपर्नेमा हाल शेर्पाव्द्यको पहलवाट हाल २ सय ५० रुपैया तिरे पुग्ने भएको छ।

आङ पासाङ शेर्पा पिके एभरेष्ट भ्यू ट्रेकिङका प्रवन्धक हुन भने गेल्जे शेर्पा एक्सपेडिसन प्रालिका माउण्टेन गाइड हुन। यो रक क्लाम्बिङ रुट निकुञ्जभित्र भएपनि काठमाडौं उपत्यकावाट सवैभन्दा नजिक भएको उनीहरुको दावी रहेको छ। यस कार्यवाट सन् २०२० सालको भिजिठट नेपाल तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आशा गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु