दोस्रो मिस्टर एण्ड मिस रोट्र्याक्टका लागि यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १३ गते, आईतवार २०:१५

रोटरी डिस्ट्रिक्ट ३२९२, नेपाल तथा भुटानले आयोजना गर्ने दोस्रो संस्करणको मिस्टर र मिस रोट्र्याक्टका लागि काठमाडौंमा अडिशन सम्पन्न भएको छ ।

रोट्र्याक्ट क्लब अफ कान्तिपुरको ब्यवस्थापनमा शनिबार पुतलीसडक स्थित यूनिक्याम्पस ग्लोबलमा अडिशन सम्पन्न भएको हो ।

५ शहरबाट अडिसनमा करिब २०० जनाको सहभागिता

अडिशनमा सहभागीहरुको छनौट नतिजा एक हप्तापछि मुख्य आयोजकले काठमाडौंबाट सार्बजनिक गर्नेछ । शनिबार नेपालका प्रमुख  शहरहरु काठमाडौं, पोखरा, भैरहवा, इटहरी र चितवनमा एकै समयमा अडिसन सम्पन्न भएको छ ।  उक्त अडिशनमा कुल २०० जनाको सहभागिता रहेको थियो ।

देशैभरीबाट ७२ प्रतिस्प्रर्धी छनौट हुने प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा फाल्गुन २५ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न हुने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु