सेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्नरुपन्देहीमा सिद्धार्थ डेरी साइकल यात्रीलाई मोही वितरणकाभा यू–२० महिला भलिबल ः नेपालले सेमिफाईनलमा कीर्गिस्तानसँग खेल्नेप्रधानमन्त्री ओलीलाई दुईतिहाई सांसदको समर्थन, पाए विश्वासको मतकवि राजेन्द्र ओझा ‘नयन’द्वारा रचित ‘अभिलाषाका झारहरू’ कवितासङ्ग्रह विमोचनचितवनमा “तपाईं बजार” को शुभारम्भलोक दोहोरी गीत ‘दमौलीमा गेट" को रिमेक भर्सन बजारमा [भिडियो]गुरुप्रति सम्मान भाव प्रकट गरी आज गुरु पूर्णिमा पर्व मनाइँदैदाना कपमा नेपाली टोली डेन्मार्क प्रस्थाननेपाल बक्सिङ महासंघको चौथो पूर्ण कार्यसमितिको बैठक सम्पन्न

इकोनोमिक मिडिया सोसाईटीमा नयाँ नेतृत्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १३ गते, आईतवार २०:१७

आर्थिक समाचारहरुलाई प्राथमिता दिने मिडियाहरुको संगठन इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) मा नयाँ नेतृत्व चयन गरिएको छ । इम्सनको शुक्रबार सम्पन्न पहिलो वार्षिक साधारणसभाले ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

विकासन्यूज डटकम तथा देशविकास साप्ताहिकका रामकृष्ण पौडेलको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा आर्थिकन्यूज डटमाका इन्द्रबहादुर बानियाँ उपाध्यक्ष चयन भएका छन् । महासचिवमा कर्पोरेट नेपालडटकमका सीताराम विलासी, सचिवमा मेरोलगानी डटकमका परमेश्वर अधिकारी, कोषाध्यक्षमा अर्थबजार डटकमका डिल्लीप्रसाद सापकोटा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, सदस्यहरुमा बिजशाला डटकमका सोमनाथ बास्तोला, मेरोअटो डटकम तथा चाणक्य मासिका रामकृष्ण गजुरेल, बिजखबर डटकमका रामराजा श्रेष्ठ र विजपाटी डटकमका मोहम्मद अज्मत अली पनि सर्वसम्मत चयन भएका छन् ।
नवनिर्वाचित अध्यक्ष पौडेलले देशको आर्थिक विकासमा आर्थिक सञ्चार माध्यमहरुको भूमिका महत्वपूर्ण रहेको र यस्तो भूमिका थप प्रभावकारी बनाउन इकोनोमिक मिडियाहरुको संगठित संस्था स्थापना गरिएको बताए । उनले पछिल्लो समय आर्थिक सञ्चार माध्यमहरुको संख्यात्मक वृद्धिसँगै प्रभाव पनि बढ्दै गएको बताए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु