दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ओमानसँगको श्रम सम्झौताका लागि छलफल सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १४ गते, सोमबार १४:५२

यूएई– ओमानसँगको श्रम सम्झौताका लागि छलफल सुरु भएको छ । श्रम सम्झौताको मस्यौदामा छलफल गर्न ओमान पुगेको नेपाली टोलीले आइतबार ओमानमा छलफल सुरु गरेको छ । शनिबार पुगेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव तथा वैदेशिक रोजगार महाशाखा प्रमुख डाक्टर रामप्रसाद घिमिरेको नेतृत्वको टोलीले ओमानको श्रम तथा मानव संसाधन मन्त्रालयमा छलफल गरेको हो । छलफल सोमबार पनि हुने ओमानस्थित नेपाली दूतावासले जनाएको छ ।
छलफलमा नेपालबाट आएको ५ सदस्यीय प्राविधिक टोलीसँगै दूतावासकी नियोग उपप्रमुख रोजिना ताम्राकार तथा श्रम सहचारी कृष्णकुमारी गौली पनि सहभागी हुनुभएको दूतावासले जनाएको छ । सम्झौताका लागि ओमानले दुई महिनाअघि पठाएको खाकामा नेपालले आफ्नो बिषय राखेर प्रस्ताव तयार गरेको छ ।
सोही प्रस्तावमा राखिएका बिषयमा छलफल सुरु भएको र सोमबार पनि छलफल गरेर मस्यौदालाई अन्तिम रुप दिने टोलीको तयारी छ । प्रस्तावमा दुवै देश सहमत भए मन्त्री स्तरिय भ्रमण गराएर सम्झौतामा हस्ताक्षर गरिने ओमानका लागि राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन । सोमबार ओमानसँगको छलफलपछि टोली मंगलबार यूएई आउने कार्यतालिका छ ।जनसवालदैनिकबाट

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु