दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १४ गते, सोमबार २३:४७

काठमाडौं : तेस्रो मस्को हाप्किडो ओपन कपमा नेपालका खेलाडीले पदक जित्न सफल भएका छन् । हाप्किडो डेभलपमेन्ट सेन्टरद्वारा आयोजित च्याम्पियनसिपमा सोमबार नेपालले १ स्वर्ण, १ रजत र १ कांस्य पदक जित्न सफल भएको नेपाल हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरले जानकारी दिए ।

पुरुषतर्फ नेपालका दीपक छन्त्यालले ७८ केजी तौलसमूहमा स्वर्ण जित्न सफल भए । पुरुषकै ६६ केजीमुनि विक्रम स्वर्णकार फाइनलमा स्तब्ध भएपछि रजत पदकमै सीमित हुन पुगे । महिलातर्फ वसन्ती बुढामगरले कांस्य पदक जितिन् । च्याम्पियनसिपमा भएको डेमोन्स्ट्रेसनतर्फ भने नेपाली टिम दोस्रो भयो ।

नेपाल मार्सल आर्ट्स हाप्किडो संघका अध्यक्ष कालिबहादुर घर्तिमगरको नेतृत्वमा चार सदस्यीय टोलीले प्रतिस्पर्धा गरेका थिए । संघ अध्यक्ष कालिबहादुरले अन्तर्राष्ट्रियस्तरमा खेलाडीले उत्कष्ट प्रदर्शन गर्दै पदक मार्फत राष्ट्रको शीर उचो राखेको बताए (जनसवालडटकम)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु