माघ १५ काठमाडौं । ट्रेकिंग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले वितग दुई दशकदेखि आफ्नो क्यालेण्डर अनुसार वार्षिक कार्यक्रमको रुपमा हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुले नव बर्षको रुपमा मनाइने ’ल्होसार’ लाई टानले टान संयुक्त ल्होसारको रुपमा मनाउंदै आएको छ । यस वर्ष टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम कठ्माण्डौं को Lainchaur Banquet मा फेब्रुवरी ७ मा आयोजना गर्ने तयारी गरेको छ ।
टानले यस कार्यक्रमलाई पृथकता दिदैं नेपाल सरकारले घोषणा गरेको भिजिट नेपाल – २०२० अभियानलाई प्रवद्र्धन गर्न साथै यस चाडलाई एउटा भिन्न पर्यटन उपजका रुपमा विकास गर्दै लैजाने उद्देश्यले यस पटक पनि भव्य रुपमा टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम मनाउन गइरहेको हो ।
शेर्पा, गुरुङ, तामाङ्ग, ह्याल्मो लगायत हिमाली तथा पहाडी क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायहरुको संस्कृतिक प्रस्तुती, ख्यातीप्राप्त हाँस्य कलाकारहरुको प्रदर्शन, विभिन्न गायक /गायिकाहरुको सांगीतिक प्रस्तुती, डिजे सेसन, डिनर कार्यक्रम साथै डोर प्राइजहरु ‘टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रम २०१९’ को मुख्य आकर्षण हुनेछ ।
कार्यक्रममा राजनैतिक व्यक्तित्वहरू, उच्च स्तरका सरकारी निकायका प्रतिनिधिहरु, विभिन्न पर्यटन संघ संस्थाहरु, टानका सदस्य कम्पनीहरु, पर्यटन उद्यमीहरू र पत्रकारहरूको सहभागिता देख्न सकिनेछ । टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रमको संयोजक ऋतु ग्याम्दान लगायत सबै टानका कार्यसमितिहरुले यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्न सम्पूर्ण तयारी सकिसकेका छन् ।
टान संयुक्त ल्होसार सांस्कृतिक कार्यक्रममा सहभागी हुन मुल्य रु.१६६९ कोे टिकट खरिद गर्न सकिनेछ । उक्त टिकट टान सचिवालय, मालिगाउँ र टिम्स काउन्टर, सातघुम्ती, ठमेलमा उपलब्ध रहेको छ ।