ज्ञान ज्योति विद्यालयमा पशु कल्याण सचेतना कार्यक्रम सम्पन्ननेपाल प्रहरीको ३१औं महानिरीक्षक (आईजी) मा दीपक थापा नियुक्तयस्तो छ तपाईको आज मंगलबारको राशिफल, आज यी राशिका व्यक्ति हुनेछन् आज लाभान्वितयलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन क्षितिज र नितालाई उपाधिपोखरा कप राष्ट्रिय ह्यान्डबल ः लिगचरण सकियो, भोलि सेमीफाइनलसंगै उपाधि भिडन्त५२ लाख पुरस्कारको १७औं धर्मश्री को तयारी पूरातामाङ सोसाइटी अफ अमेरिकाको अध्यक्ष पदमा तुल बहादुर तामाङ निर्वाचितस्थानीय तह कर्मचारी संघ, नेपालको सचिवालय बैठक सम्पन्न, उपहार पनि बाँडियोनेपाल तामाङ घेदुङ साइप्रसको चौंथो अधिवेशन सम्पन्ननृत्य नेपाली पारा’ को पहिलो संस्करणमा रिदिमा र उपासना विजयी

आज अमर शहीदहरुको सम्झनामा शहीद दिवस मनाईदै-

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १६ गते, बुधबार १०:१६

काठमाडौं। आज माघ १६ गते बीर अमर शहीदहरुको सम्झनामा शहीद दिवस देश र जनताको हित र अधिकारका लागि जीवन त्याग गर्ने शहीदप्रति सम्झना र सम्मान प्रकट गर्दै यो दिवस मनाउने कार्य आज भएको छ।नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न नागरिक बनाउन हुकुमी जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति एवं लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवनको आहूती गरेका वीर सपूतको सम्झनामा वर्षेनी शहीद दिवस मनाउने गरिन्छ।
अमर शहीद शुक्रराज शास्त्री जोशी, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको संघर्षमय जीवन र बलिदानको गाथा एवं प्रजातान्त्रिक आन्दोलनका अरू योद्धाको योगदानको सम्झनामा यो दिवस मनाइने गरिएको हो।
हरेक वर्ष माघ १० देखि १६ गतेसम्म काठमाडौंमा काठमाडौं महानगरपालिकाको आयोजनामा ‘शहीद सप्ताह’ गरिन्छ। विसं.१९९७ साल माघ १० गते निरंकुश राणा शासनविरुद्ध नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराज शास्त्री जोशीलाई टेकुस्थित खरीको रूखमा झुन्डयाएर हत्या गरिएको थियो।
यसैगरी माघ १३ गते सिफलमा धर्मभक्त माथेमालाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। माघ १६ गते यिनै बीर अमर शहीदहरुको सम्झनामा शहीद दिवस मनाउने कार्य हुंदैआएको हो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु