किशोर सेढाई ।
माघ १६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश , लोकतन्त्र र सामाजिक रुपान्तरणका लागि आफनो जीवन आहुति दिने सवै शहीद भएको बताउँदै शहीदहरुलाई देशले सदैव सम्झनु पर्ने बताउनु भयो ।आज शहीद सप्ताहको अन्तिम दिन काठमाडौंको लैनचौरमा रहेको शहीद स्मारकमा आयाजित शहीद दिवस कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउँनु भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारद अर्पण गरेको थियो । प्रधानमन्त्री ओलीले शहीद स्मारकमा रहेको शहीद स्तम्भमा शहीदहरु प्रति पुस्पगुच्छा सहित सम्मान व्यक्त गर्नु भएको थियो ।
यसैगरी शहीद दिवसकै अवरसमा लैनचोर शहीद स्मारकमा आयोजिक आयोति कार्यक्रममा आफनो भनाई राख्दै काठमाडौं महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यले निरकुंश जँहानिया शासनको समयमा वि.स. १९९७ सालमा माघ महिनामा आफनो देश र जनताको लागि आपनो प्राण आहुति दिने चार जना शहीद शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द्र र गंगालाल श्रेष्ठको बलिदान स्वरुपनै वि.सं. २००७ सालमा देशमा प्रजातन्त्रको शुरुवात भएको बताउदै शहीदहरुरुको सपना बमोजिम देशलाई अझै अघि बढाउन नसकिएको बताउनु भयो ।
यस अघि काठमाडौंको रत्नपार्क शान्ति बाटिकाबाट शहीद सप्ताह मूल समारोह समितिका संयोजक तथा काठमाडौं महानगरपािलकाका प्रमुख विद्या सुन्दर शाक्यको नेतृत्वमा शुरु भएको प्रभात रैली जमल, कान्तिपथ, लैनचौर हँदै शहीद स्मारक लैनचौर पुगि शहीद सभामा परिणत भएको थियो । सो प्रभातफेरी कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री राम बहादुर थाापा,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डित, पर्यटन तथा नागरिक उडडयन मन्त्री रबिन्द्र अधिकारी लगायत मन्त्रीगण, संवैधानिक अंगका प्रमुख , सुरक्षा अधिकारी र काठमाडौं महानगरपालिका जनप्रतिनिधी र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
गत माघ १० गते काठमाडौंको टेकु पचल्मिा शहीद शुक्रराज शास्त्री प्रति श्रद्धान्जली व्यक्त गरि शुरु गरिएको साताव्यापी शहीद सप्ताह कार्यक्रम आज समापन भएको हो ।