साउदीमा नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १६ गते, बुधबार १६:१०

काठमाडौं–सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गरेका छन् । सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीले गरेको शिष्टाचार भेटवार्तामा सभामुख महराले सो आग्रह गरेका हुन् । भेटमा उनले नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताएका थिए । ‘हामीले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौ’, उनले भने, ‘संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने मैले विश्वास लिएको छु ।’ सो अवसरमा साउदी राजदूत मारवानीले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु