राष्ट्रिय उपभोक्ता मन्चबाट रेष्टुरेन्ट र बारमा १० प्रतिशत सेवा शुल्क खारेजीको स्वागत

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १७ गते, बिहीबार १६:४४

 

 काठमाडौ, १७ माघ-।राष्ट्रिय उपभोक्ता मन्चले नेपालमा सञ्चालित रेष्टुरेन्टहरूले लिँदै आएको सेवा शुल्क खारेजीको स्वागत गरेको छ । मन्चका अध्यक्ष प्रेमलाल महर्जनद्वारा जारी प्रेस बिज्ञप्तिमा रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णयको स्वागत गरिएको उल्लेख छ । रेष्टुरेन्ट व्यवसायीको संस्था रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)को सोमबारको बैठकले सेवा शुल्क नलिने निर्णय गरेको थियो ।
यस अघि राष्ट्रिय उपभोक्ता मन्चले सेवा शुल्क खारेजीका लागि भन्दै परमादेश जारी गर्न गत अाश्विन २ गते सर्वोच्च अदालतमा रिट हालेको थियो । उक्त रिट हाल बिचाराधिन अवस्थामा छ ।

यसअघि रेष्टुरेन्ट तथा बारको बिलमा १० प्रतिशत सेवा शुल्क जोडिएर आउँथ्यो। त्यसरी आएको रूपैयाँ मजदुर र उनीहरूकासंगठनले भागबन्डा लगाउने व्यवस्था गरिएको थियो।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु