
काठमाडौ । युवापुस्तामाझ रुचाइएका लेखक हुन सुबिन भट्टराई, युवापुस्ताको प्रेमको कथालाई सरल र रसिलो तरिकाले शब्दमा उतार्ने विशेष क्षमताका कारणले उनी लोकप्रिय छन् । भट्टराईको वेस्ट सेलिङ उपन्यास ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ’ माघ २५ गतेबाट प्रर्दशनमा आउदै छ । भ्यालेन्टाईन डे अर्थात प्रेम दिवसलाई लक्षित गरेर फिल्मको प्रदर्शन मिति तय भएको हो । फिल्म रिलिजको एक सातापछि प्रेम दिवस पर्छ । विसं २०६९ मंसिरमा फाइन प्रिन्ट आइएनसी प्रकाशित गरेको यो उपन्यास आधुनिक प्रेम र रोमान्समा आधारित वियोगान्त उपन्यास हो । उपन्यास भट्टराईको दोस्रो कृति हो ।
समर लभ मुख्य पात्र अतीत र सायाको प्रेममा आधारित छ । अतीतको सुरूमा इन्ट्रान्स टपर साया को हो भन्ने कौतुहलता जाग्छ । एउटै कलेज र घर जाने बाटोपनि एउटै हुदा दुवै नजिकिन्छन् । उनीहरूको प्रेम जीवन राम्रै चलेको हुन्छ तर कलेज यात्रा समाप्त हुदा केही प्रभाव पर्छ । थप प्रभाव जातीय अन्तरले पार्छ । काम र पढाईको शिलशिलामा अतीत धनगढी र साया नर्वे जान्छन् । बिचमा दुवैको लुकीछिपी विवाह भएपनि केही छिनमा दुवैको विछोड हुन्छ । विछोड पछि अतीतपनि सायाको खोजीमा नर्वे पुग्ने र किरण भन्ने साथीलाई भेटेर यो आफ्नो कथा सुनाउने र उसले यो कथा लेखिदिन्छ र विछोडमै यो उपन्यास टुङ्गेको छ ।
फिल्मलाई पहिला विकासराज आचार्यले निर्देशन गर्ने भनिए पनि क्यारेक्टर अनुसारको पात्रको खोजिमा १६ महिना लागे पनि उपयुक्त पात्र नभेटिए पछि आचार्यले यसबाट हात झिकेका हुन् । समर लभ फिल्म बन्दै गर्दा बीचमा आएको पुस्तक ओझेलमा परेको कुरा मान्न भट्टराई तयार छैनन् उनी भन्छन् ‘बुकको भ¥याङ टेकेर फिल्म अघि बढिरेको छ । फिल्मले बुकलाई ओझेलमा पारेको होइन, बुकले गर्दा चाँहि फिल्मले हाइप पाइराखेको छ । लेखन करियर भन्दा फिल्मबाट बढी चर्चा भएको हो । मलाई पाठकले लेखनबाट नै चिन्नुहुन्छ, मैले पर्शन्नली फिल्मलाई त्यति धेरै प्रोमोट गरिराखेको छैन ।’
मुस्कान ढकाल आँफैमा समर लभका पाठक हुन् । सभर लभ प्रति ढकालले देखाएको अनुराग र उनको आँखामा, दिमागमा, बोलिचालिमा सम्भावना देखेर भट्टराईले विश्वास गरेका हुन् । फिल्मको चर्चाबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ ? भन्ने जिज्ञासामा भट्टराई अनभिज्ञ छन् उनी भन्छन् ‘वास्तवमा भन्ने हो भने फिल्मको चर्चा कत्तिको छ मलाई थाहा छैन, फिल्म युनिटसँग फिल्मको चर्चा कत्तिको छ भनेर सोधिरहेको हुन्छु ।’ त्यसो त उपन्यासमा भेटेको पात्र र फिल्ममा भेटेको पात्रमा मेल खाएको उनी पूर्ण सन्तुष्ट छैनन्, केही पात्रहरु चित्त बुझ्दो छन् केहि पात्रहरु प्रति चित्त बुझाई छैन जुन कुरा उनले मुस्कान ढकालाई सुरु देखि भन्दै आएका छन्, आज पनि भनिरहेको र भोली पनि भन्ने कुरा बताउछन् । साया भन्ने क्यारेक्टर मैले रियल लाईफबाट टिपेर ल्याएको पात्र हो । चार–पाँच ओटा क्यारेक्टर मिलाएर एउटा साया बनाइएको छ जसलाई पर्दामा देखाउनुपर्नेछ त्यो त गाह्रो छ । त्यसमा अझ राम्रो हुन सक्ने कुरा उनी बताउछन् ।
ट्रेलर र टिजर प्रति लेखकको असन्तुष्टि
फिल्मको ट्रेलर र टिजरमा उनको असन्तुष्टि छ । मलाई त्यति चित्त बुझाई छैन । मेरो सोचाइ र उहाँको सोचाइ फरक हुन्छ । उहाँसगँ सहकार्य गरेर योजना बनाएर काम गरेको भए सायद अर्कै हुन्थ्यो होला मैले समय दिन सकिन त्यो मेरो कमजोरी हो । फिल्ममा कति कुरा पाइन्छ कतिकुरा पाइदैन, हेर्ने दिन परिक्षा हुनेछ, उनले बताए । फिल्म लेखन उनको रुचिको विषय पनि हो एउटा प्यासन हो । उनीे मुस्कान ढकालसँग कुनै प्रोजेक्टमा असिस्टेन्ट डाइरेक्टर भएर फिल्म निर्देशन सिक्ने प्रयासमा हुनेछन् । उनले निर्देशक ढकालसँग यस विषयमा कुरा गरिसकेका छन् ।
निर्देशकीय हिसाबले फिल्म उत्कृष्ट
आफ्नो कृतिमा फिल्म बनेपछि भट्टराईको फिल्म हेर्ने बानी बसेको छ । पहिले बुक मात्र पढ्ने उनी हाल हलिउड, फ्रेन्च, जापनिज, भियतनामी फिल्म हेर्छन अचेल । राम्रो किताब डिरेक्टरको हातमा पुगे बिग्रन्छ, नराम्रो किताब पनि डिरेक्टरको हातमा पुगेपछि राम्रो बन्छ । अहिले बनेको फिल्म प्रति सन्तुष्ट नरहे पनि डाइरेक्सनको हिसाबले फिल्म उत्कृष्ट बनेको बताउछन् । आँखा चिम्म गरेर नोबेल बिर्सने हो भने फिल्म उत्कृष्ट छ ।
पुरै उपन्याससँग नै मिल्छ भन्ने छैन
पाठकले रुचाएको कथामा फिल्म बनाउनु आँफैमा चुनौती छ, यसलाई स्वीकार गर्छन् फिल्म युनिट । फिल्ममा पाठकले अपेक्षा गरेको पात्र नभेटेकोमा निर्देशक ढकालले भने ‘उहाँले(लेखक) डाइरेक्सन गर्नुभयो भने पनि त्यो पात्र पाउनुहुन्न, उहाँले समरलभ जन्माउनुभयो हुर्काउन मलाई दिनुभयो । उहाँले लेख्दाखेरि फिल्म बन्ला भनेर सोच्नु भएन ता कि पछि हिट भएपछि सोच्नुभयो होला, उहाँको आकृतिमा एउटा भिजोल बग्न सक्छ मेरो आकृतिमा अको भिजोल बग्न सक्छ हड्रेट पर्सेन्ट मिट हुने भन्ने त काँहि पनि हुँदैन ।’
मिट हुने क्यारेक्टर पाउन कठिन
फिल्म युनिटले साया खोज्न निकै मेहनत ग¥यो । नेपालका धेरै कलाकारहरुसँग मिटिङ बस्यो । सायाको क्यारेक्टरको लागि फिल्म युनिट इण्डिया सम्म पुग्यो फिल्म हलमा आउने समय सम्म सायाको क्यारेक्टरमा म हुनुपथ्र्यो, अतितको क्यारेक्टरमा म थिँए त भन्ने कुराहरु निर्देशको इनबक्समा आइरहन्छ तर, खोजी गर्ने समयमा क्यारेक्टर नपाएको फिल्म युनिट बताउँछ । कलाकार छनोट हुने समयमा ठ्याक्कै हामीले सोचेको अतीत पाइएन । फिल्म पर्दामा आउदा चेन्ज हुन्छ राइटरले नै फिल्म बनाउनु भयो भने पनि त्यो उहाँले काट्नुहुन्छ । कथाअनुसार कम्प्रोमाइज गर्नै पर्छ, निर्देशक ढकालले भने ।
फिल्मी फण्डाबाट


