काठमाडौ । फिल्म ‘माया नमार’ बाट रजतपटमा भित्रिएका नायक हुन् रमित ढुंगाना । धेरै हलमा ५१ आँै दिन मनाएको फिल्मले रमितलाई डेब्युट स्टार नै बनाइदियो । साठीको दशकमा उक्त फिल्ममा सुपरस्टार राजेश हमाल देखि उनका दाई अमित ढुंगाना, नायिका संचिता लुइटेल फिचर्ड रहेको थियो । पहिलो फिल्मबाट नै नोटिस भएपछि उनलाई निर्माता, निर्देशकले विश्वास गर्न थाले । लगातार जसो फिल्म पाइरहे ‘धड्कन’, ‘मुग्लान’, ‘चोर सिपाही’, , ‘बारुद’, ‘देवर बाबु’ जस्ता सफल फिल्ममा काम गरे । यसो त अरु धेरै उनले काम गरेका फिल्महरु छन्।
करियरको ग्राफ बढिरहदाँ उनको फिल्मले दर्शकलाई सन्तुष्ट बनाउन नसकेका हुन् या निर्माताहरु सुरक्षित नभएका हुन् विस्तारै करियर खस्कदै गयो । यहि बीचमा रमित अमेरिका हानिए । अमेरिकाको समय अनुसार उनी चल्न सकेनन् या नेपाली फिल्म मोहले फेरि दोहो¥याए उनी नेपाल आए । बाहिरि ब्यानरको फिल्म भन्दा पनि आफ्नै ब्यारनको फिल्म ‘बुद्ध वर्न इन नेपाल’ मा उनले काम गरे । पछिल्लो रिलिज फिल्म ‘बुद्ध वर्न इन नेपाल’ पछि उनी अभिनीत कुनै फिल्म प्रदर्शनमा आएका छैनन् । यसै बीच रमितले १८ लाख पारिश्रमिकमा नयाँ फिल्ममा साइन गरेको खबर बाहिरिएको छ । रमितका समकालिन नायकहरु निखिल उप्रेती रजतपटमा निरन्तर संघर्षरत छन् । उनको एक्सन पिल्म ‘भैरव’ले औसत कारेबार गरेपनि ‘पिँजडा ब्याक अगेन’ले सफलता पाउन सकेन । पछिल्लो फिल्म ‘भिलेन’ले पनि कुनै कमाल गर्न सकेन ।
रमितका अर्का समकालिन नायक विराज भट्ट चलिहदा रजतपटबाट भोजपुरी फिल्म तिर लागे । विराजको कमब्याकको रुपमा हेरिएको फिल्म ‘जय पर्शुराम’ले पनि कुनै कमाल गर्न सकेन । रमित सँगैका अन्य कलाकारहरु सुमन सिंह, मुकेश आचार्य लगातका कलाकारहरु पलयन नै भइसकेका छन् । अन्य धेरै कलाकारहरु पलायनको अवस्थामा रहेका छन् । अनमोल केसी, प्रदिप खड्का, पल शाह र रंगमञ्चबाट आएका सौगात मल्ल, दयाहाङ राई, विपिन कार्की लगायतका नायकहरु सफल भइरहँदा रमितको बढ्दो पारिश्रमिक सहित कमब्याकको रुपमा हेरिएको कर्मसियल फिल्म कस्तो रहलाँ ? अहिले नेपाली फिल्मकको बजार अनुसार रमितले १८ लाख पारश्रमिक लिनु कतिको औचित्य होला ? या रमितले १८ लाख पारश्रमिक लिए जसरी नै फिल्मको ब्यापारलाई कायम राख्न सक्ला की नसक्ला ? यी प्रश्नहरु फिल्म वृत्तमा शुरु भएको छ । जे होस् रमितले आफ्नो पारश्रमिले लिएको फिल्मले कतिको व्यापार गर्ला त्यो कुर्नुको कुनै विकल्प छैन ।
फिल्मी फण्डाबाट