हिंसा रहित समाजको आधार, दुव्र्यसनमुक्त युवा र शाकाहार “सचेतनात्मक हाफ म्याराथुन ”

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १७ गते, बिहीबार २०:४३

 काठमाडौ, १७ माघ।युवाहरुलाई नैतिकता, अनुशासन र अध्यात्मिक दर्शनको अपरिहार्यतावारे वोध गराउँदै नेपाली समाजमा व्यप्त सबै खालका विभेद, कुरीति, अन्धविश्वास, दुव्र्यसन र हिंसा विरुद्धको सचेतनामूलक कार्यक्रमहरु संस्थागत ढंगले सञ्चालन गर्दै “सेवा नै परम धर्म हो” भन्ने आदर्शलाई व्यवहारिक रुपमा लागू गर्न युवाहरुलाई सामाजिक विकास र स्वयम् सेवाको कार्यमा परिचालित गर्ने उद्देश्यले २०४७ साल माघ १८ गते श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको विधिवत् स्थापना भएको हो ।

मुलुकभर ५० जिल्लामा जिल्ला समितिहरु र १८६ स्थानीय तहमा प्रारभिक समितिहरु र विदेशमा १० वटा देशमासमेत सांगठनिक संयन्त्र रहेको यस संस्थामा हाल करिब ११ हजार युवाहरु क्रियाशिल रहेका छन् । स्थापनाकाल देखि नै सामाजिक सेवा र युवा विकास एवं परिचालन गर्दै आएको यस संस्थाले आर्थिक एवं सामाजिक रुपले विपन्नलाई मानविय सेवा र सहयोग प्रदान गर्र्ने, लक्षित वर्ग उत्थानका कार्यक्रमहरु सञ्चालन गर्ने, जेष्ठ नागरिक, महिला, वालवालिका, दलित, अपांग, असाह्य, विपन्नलाई सहयोग तथा क्षमता विकासका कार्यक्रमहरु र सामाजिक विकास सम्बन्धी सचेतनामूलक, दबाबमूलक र उत्प्रेरणामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । साथै संस्थाले वाल विकास, छात्रवृत्ति, निःशुल्क भोजन सेवा, आपतकालिन राहत एवं सहायता, शितलहर पिडीतलाई न्यानो कपडा वितरण, स्वास्थ्य शिविर, रक्तदान, स्टेचर वितरण, बस विसौनी निर्माण, खेलकुद प्रतियोगिता, स्वयम् सेवक परिचालन, वातावरण संरक्षण र सरसफाई, शिप एवं क्षमता विकासका तालिम एवं प्रशिक्षण कार्यक्रम, पशुवली प्रथा एवं हिंशा विरुद्धको सचेतनामूलक कार्यक्रम, लागू पदार्थ, धुम्रपान लगायतका दुव्र्यशनी विरुद्धको सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

समाजमा हिंसा, हत्या र वलत्कारका घटना दिन प्रतिदिन वढदै गईरहेको छ । भौतिक विकास सँगै मानिसको सामाजिक पक्ष खास गरी नैतिकता र अनुशासन खस्कदै गएको छ । आहार, विहार र आर्थिक सामाजिक आधारशिलामा आएको परिवर्तनले मानिसहरु वढी सुख, सयल र व्यक्तिगत स्वार्थबाट प्रोरित भई मानवता र चरित्र निर्माण कार्यलाई गम्भीर चुनौति दिएको छ । आहार शुद्ध नभइ शरिर, शरिर शुद्ध नभै मन, मन सुद्ध नभै कर्म शुद्ध नहुने शास्त्रीय र वैज्ञानिक आधारशिलालाई अनुसरण गर्दै हिंसा रहित समाजको आधार, दुव्र्यसनमुक्त युवा र शाकाहार भन्ने मूल सन्देश दिने उद्देश्यले २०७५ माघ १९ गते संस्थाको २९ औं स्थापना दिवशको अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, जिल्ला कार्य समिति, काठमाडौंले उक्त दिन विहान ७ः०० बजे “सचेतनात्मक हाफ म्याराथुन ” कार्यक्रम गर्न लागेको हो ।

काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वर तीनकुनेबाट विहान ७ः१५ बजे शुरु हुने उक्त म्याराथुन कार्यक्रम कोटेश्वर तीनकुने हुँदै नयाँ वानेश्वर–बबरमहल–थपाथली–कुपण्डोल–पुल्चोक–जावलाखेल–पुनःकुपण्डोल–थापाथली–त्रीपुरेश्वर–टेकु–कालीमाटी–कंलंकी–खसीबजार–वल्खु–एकान्तकुना–सातदोवाटो –बालकुमारी–कोटेश्वरचोकहुँदै पुनः कोटेश्वर तीनकुनेमा पुगी समापन हुनेछ । सो कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने सहभागिलाई ट्रफि सहित क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार एवं चौथो पाँचौ र छैठौं स्थान हासिल गर्ने धावक सहभागिलाई क्रमश १० हजार, ७ हजार र ५ हजार नगद सहित सम्मान गरिनेछ । म्याराथुनमा प्रथम देखि छैठौं स्थान हासिल गर्ने धावक, सहभागीहरुलाई सोही दिन दिउँसो १२ः३० बजे कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ८ गोठाटार स्थित श्रीकृष्ण प्रणामी मन्दिर, नवनतधाम, आयोजित मूल समारोहमा पुरस्कार वितरण गरिनेछ ।

सस्थाको स्थापना दिवसको अवसरमा माघ १६ देखि २० सम्मा विभिन्न कार्यक्रम सञ्चालन गरिनेछ । माघ १६ गते मन्दिर तथा सम्पदा क्षेत्र सरसफाई, माघ १७ गते विरामी, जेष्ठ नागरिक भोजन तथा फलफुल वितरण, माघ १८ गते स्मृति एकाह पाठ पारायण, दोश्रो चरणको राष्ट्रिय भक्ति सङ्गीत प्रतियोगिता, पशुवली प्रथा विरुद्ध एव शाकाहारी वनौं भन्ने सचेतनामूलक र्याली, सोही दिन साझ दिपावली, माघ १९ गते विहान खेलकुद कार्यक्रम, सो अन्तर्गत काठमाडौमा हाफ म्याराथुन, झपामा रोड रेस, दिउँसो राष्ट्रिय भक्ति सङ्गीत प्रतियोगिताको गायन, छनौट तथा पुरस्कार वितरण, एस इ इ सम्मान, म्याराथुन÷खेलकुद पुरस्कार एवं सम्मान कार्यक्रम र माघ २० गते युवा जागरण प्रशिक्षण सहितको कार्यक्रमहरु सञ्चालन गरिनेछ । राष्ट्रिय भक्ति सङ्गीत प्रतियोगितामा सर्वउत्कृठलाई प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने नव प्रतिभा भजन गायकलाई ट्रफि र नगद पुरस्कार सहितको कृष्णमणि–दिपा भक्ति सङ्गीत पुरस्कार प्रदान गर्ने र एस ई ई मा सर्वेत्कृष्ठ स्थान हासिल गर्ने छात्रा–१, छात्र–१ लाई कमलकृष्ण मणि कुमारी स्वर्ण पदक तथा नगद पुरस्कार प्रदान हुने छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु