मधेशी एकता समाजको विशेष अधिवेशन सम्पन्न, डा. यादवको नेतृत्वमा नयाँ अन्तर्राष्ट्रिय समिति गठनउपाध्यक्ष आचार्यद्वारा पदवहालीनेरिक क्वाटरफाइनलमाआज माघी र माघे सङ्क्रान्तिप्रथम खुला महिला फुटसल च्याम्पियनसिप–२०८१ सफलता पूर्वक सम्पन्नस्याडजाको चापाकोटमा मनाइयो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसश्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आजबाटआज देशभर पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात हुनेनुवाकोटमा रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यको १८१औं रक्तदानचलचित्र ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्क’ सार्वजनिक

युएईसँग श्रम सम्झौता नबिकरण गर्न छलफल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १८ गते, शुक्रबार २०:२४

युएई , श्रम सम्झौता मस्यौदाको बिषयमा युएईसँगको छलफलमा नेपाली प्राविधिक टोलीले कामदारको सुरक्षा, सेवा सुविधा र शून्य लागतको विषयलाई मुख्य रुपमा उठाएको जनाएको छ । युएईको श्रम तथा मानव संशाधन मन्त्रालयमा बुधबार र बिहीबार भएको छलफल वैदेशिक रोजगारलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने विषयमा छलफल भएको  थियो । छलफलमा सहभागी प्राविधिक टोलीले राखेका विषयमा दुवै पक्ष सकारात्मक रहेको र कतिपय फरक बुझाइ रहेको विषयमा स्पष्ट पारिएको छलफलमा सहभागी कार्यबाहक राजदूत सागरप्रसाद फुयाँलले बताए । उनले भने, ‘सन् २००७ सालमा भएको एमओयुका बारेमा थप परिमार्जित गर्न यहाँको निकाय सकारात्मक देखिएको छ । कामदारको न्युनतम तलब, घरेलु कामदारको समस्या समाधान, शून्य लागत, बीमालगायतका बिषयमा समेत युएई सकारात्मक छ । नेपाली टोलीले शुन्य लागतमा नेपाली कामदारले रोजगारीमा आउदा कुनै खर्च गर्नु नपर्ने विषयलाई जोड दिएको छ । दुवैपक्षका टोलीले छलफलमा प्रस्तुत गरेका विषयलाई माथिल्लो तहमा पेश गर्नेछन् । त्यसपछि त्यहाँ अझै छलफल गर्नुपर्ने आवश्यकता हेरेर सहमतिमा पुगिने कार्यबाहक राजदूत फुयाँलले बताए । छलफलमा नेपालबाट आएको ५ सदस्यीय प्राबिधिक टोली र दूतावासका तर्फबाट कार्यबाहक राजदूत सागरप्रसाद फुुयाँल, श्रमकाउन्सिलर  भेषबहादुर कार्की र श्रम सहचारी मोतिराम भुसाल सहभागी रहेका थिए । युएईको तर्फबाट मानव संशाधनमन्त्री नाशर बिन थानी जुमा अल हाम्लीका सल्लाहकारसहित मन्त्रालयका सञ्चार तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेर्ने सहसचिव डाक्टर ओमार अलनुवाईमी पनि छलफलमा सहभागी थिए । यूएईसँग सन् २००७ मा गरिएको श्रम सम्झौता नबिकरण गर्न लागिएको छ  ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु