कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १८ गते, शुक्रबार २०:२४

अत्तरिया: कर्णाली नदीमा अवैध रूपमा ढुङ्गा, गिट्टी, बालुवाको उत्खननमा रोक लगाइएको छ । कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन  बिनै ढुङ्गा, बालुवा सङ्कलन, उत्खनन भएको पाइएपछि जिल्ला समन्वय समिति कैलालीले उत्खननमा रोक लगाएको हो ।

जिल्ला समन्वय समिति कैलालीका अनुसार कर्णाली नदीमा प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन नै नगरी ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन तथा घाटगद्दी गरेको पाइएपछि रोक लगाइएको हो ।

समन्वय समितिले अनुगमनको क्रममा आइइई नगरेका ठाउँमा उत्खनन गरी कर्णालीलाई चिरा–चिरा पारिएको पाइएकोले उत्खनन्मा रोक लगाइएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए ।
उहाँका अनुसार आईईई गरेको ठाउँमा उत्खनन गर्न दिइने र आइईई नभएको सबै ठाउँलाई बन्द गरी व्यवस्थित गरिनेछ । थापाका अनुसार कर्णाली पुल चिसापानीदेखि ३ किलोमिटरपरबाट १० किलोमिटरसम्म उत्खनन बन्द गरिएको छ ।

जिल्लाका १३ स्थानीय तहसँग समन्वय गरी यहाँका विभिन्न खोला, नाला, नदीमा अवैध रूपमा सङ्कलन गरिँदै आएको ढुङ्गा, गिट्टी, बालुवा सङ्कलन, उत्खनन बन्द गरिएको समेत संयोजक थापाले जानकारी दिए ।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु