वरिष्ठ कलाकार बी.ए राणाको ७७ वर्षको उमेरमा निधन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ १८ गते, शुक्रबार २०:२९

काठमाडौं, १८ माघ। वि.सं. २०४१ सालबाट नेपाली रजटपटमा आएका वरिष्ठ कलाकार बी.ए राणाको असामयिक निधन भएको छ । कोसेली, चिनो, दक्षिणा, दुई थोपा आँसु, नेपाली बाबु, करोडपति, अपराध, माया त माया हो, वसन्ती, देश, कसले र्चोयो मेरो मन, सेतो बाघ जस्ता १२ दर्जन बढी फिल्ममा अभिनय गरिसकेका राणालाई नेपाली सेक्सपियर नामले चिनिन्थ्यिो ।

शुक्रबार बिहान शिक्षण अस्पताल महाराजगञ्जमा उनको ७७ वर्षको उमेरमा निधन भएको हो । करीब एक हप्ताअघि स्वासप्रस्वासको समस्या देखापरेपछि अस्पताल भर्ना भएका राणाको अन्तिम समयमा मुटुमा समस्या देखिएको अस्पताल स्रोतले जानकारी गराएको छ । उनको अन्त्येष्टी शुक्रवार साँझ पशुपति आर्यघाटमा गरिने पारिवारीक स्रोतले बताएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु