मलेसिया – धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गर्न लागेको अन्तरास्ट्रिय क्रिकेट रंगशाला निर्माणको सहयोगका लागि मलेसियामा धुर्मुस सुन्तली साँझ हुने भएको छ । चाइनिज नयाँ बर्षको बिदाको दिन पारेर सिटि एक्सप्रेस मनि ट्रा न्सफरले क्वालालम्पुर,पेनाङ र जोहोरबारुमा धुर्मुस सुन्तली साँझ गर्न लागेको हो । कार्यक्रम माघ २२ गते मंगलबार क्वालालाम्पुर, २३ गते बुधबार पेनाङ र २७ गते आइतबार जोहोरबारुमा हुनेछ । कार्यक्रममा धुर्मुस सुन्तलीसँगै लोकदोहोरी गायक बद्री पंगेनी, सम्झ ना भण्डारी, गायिका मेलिना राईको प्रस्तुती रहने आयोजकले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण गर्न कलाकार सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले विभिन्न देशमा का र्यक्रम गर्दै आएका छन् । मलेसियामा गरिने कार्यक्रमबाट उठेको रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई नै दिइने सिटि एक्सप्रेसका भविश्वर पंगेनी ले बताउनुभयो । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्मा ण गर्न भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउण्डेशनबीच सम्झौता भएको छ ।