काठमाडौं – काठमाडौ उपत्यकाको नयाँबसपार्क क्षेत्र वरपर छरिएर रहेका मझौला होटल तथा गेष्ट हाउसहरुको छाता संगठन नेपाली होटल व्यवसायी संघको ११ औ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट उमेश सुवेदी अध्यक्षमा निर्वाचित भएका छन् । आफ्ना निकटतम् प्रतिद्धन्दी नारायण गुरुङलाई ५० मतले पछि पार्दै अध्यक्ष पदमा उमेश सुबेदी (दिपेन) १८६ मत सहित बिजयी भएका हुन् ।
त्यसै गरि प्रथम उपाध्यक्षमा जितबहादुर गिरी १८४ मत, द्धितिय उपाध्यक्षमा होम बहादुर थापा २०६, कोषाध्यक्षमा काजी बहादुर कटुवाल १८९ मत र सह कोषाध्यक्षमा चन्द्र बहादुर गोदार १८१ मत सहित विजयी भएका छन भने महासचिवमा गणेश ढकालले उनका निकटतम् प्रतिद्धन्दी बिर बहादुर खतिवडालाई ११५ मतान्तरले पछि पार्दै २१४ मतसहित विजय भएका छन् । सुवेदी निवर्तमान कार्यसमितिमा प्रथम उपाध्यक्षको जिम्मेवारीमा रहेका थिए भने ढकाल महासचिव कै जिम्मेवारीमा थिए । त्यसै गरि सदस्यहरुमा ईन्द्र प्रसाद ढकाल, सन्तोष बिक्रम जीसी, साम्देन लामा, भिमकुमार बिक, जयलाल श्रेष्ठ, ईश्वर पन्डित, डासुराम पाण्डे, माया शेर्पा पुटिन, युवराज पराजुली र बद्री पोखरेल निर्वाचित भएका छन् भने महिला सदस्यमा दुर्गा थापा बिजयी भएका छन् ।
सुवेदी यसअघिका कार्यसमितिमा विभिन्न पदमा रहेर निरन्तर काम गर्दै आएका अनुभवी व्यक्ति हुन् । यद्यपी अन्तिम समयसम्म सहमतिमा नेतृत्व चयन गर्न छलफलमा भएका अध्यक्षका प्रत्याशी सुवेदीले संस्था र व्यवसायीहरुको हितमा अनवरत लागि रहनेहरुलाई नै व्यवसायीहरुले नयाँ नेतृत्वको जिम्मेवारी दिएकोमा कुनै शंका नरहेको प्रतिक्रिया दिए ।
विगत एक दशक देखि सदस्य, सहसचिव, उपाध्यक्ष, प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालि सक्नु भएका नवनिर्वाचित अध्यक्ष सुवेदीले भने, ‘हामि निर्वाचनमा स्पष्ट एजेण्डाका साथ प्रतिष्पर्धामा गएका थियौ । त्यस कारणले नै सम्पुर्ण व्यवसायी साथीहरुले सक्षम र अनुभवी नेतृत्वलाई नै बिजयी गराउनु भयो ।
पछिल्लो समय वैदेशिक रोजगारको क्षेत्रमा आएको मन्दीको असर यस व्यवसायमा पनि प्रत्यक्ष परेको भन्दै नवनिर्वाचित अध्यक्ष सुवेदीले यस व्यवसायको क्षेत्रमा देखिएको समस्याबाट व्यवसायीहरुलाई बचाउँदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने एजेण्डाका साथ आएकोे बताए । त्यस्तै महासचिवमा पुन निर्वाचित भएका गणेश ढकालले आफुहरुले यस बिचमा साना तथा मझौला होटल तथा गेष्टहाउसहरुलाई व्यवस्थित बनाउँदै सेवामूखि व्यवसायको रुपमा अघि बढाउन धेरै काम गरिरहेको जानकारी दिए ।
नव निर्वाचित महासचिव ढकाल भन्छन्, “संघको वर्तमान कार्यसमितिले साना तथा मझौला होटल एवं गेष्टहाउसहरुलाई व्यवस्थित, मर्यादित, पारिवारिक एवं सेवामूखि बनाउन धेरै काम गर्दै आईरहेको थियो आगामी दिनमा अधुरा रहेका केहि काम पुरा गर्न निरन्तर सक्रिय भएर अघि बढीरहेको समेत जानकारी दिए । हामीले विगतदेखि नै यस व्यवसायको क्षेत्रमा गरेका कामहरु आम व्यवसायी साथीहरुले मुल्यांकन गरि नै रहनु भएको छ । त्यसैले यस अधिवेशनमा व्यवसायी साथीहरुले योग्य, अनुभवी र सक्षम नेतृत्व निर्वाचित गर्नु भएको छ ।काठमाडौ उपत्यकाका विभिन्न क्षेत्रमा छरिएर रहेका साना तथा मझौला होटल व्यवसायीहरुको हकहित, व्यवसायीक सुरक्षा एवं यसलाई सेवामूखि व्यवसायका रुपमा विकसित गर्ने उद्धेश्यले २०५७ सालमा स्थापित नेपाली होटल व्यवसायी संघले धेरै सामाजिक कार्य पनि गर्दै आएको छ । संघको ११ औ अधिवेशनबाट सुवेदी र ढकालजस्ता अनुभवि व्यक्तित्वहरु नेतृत्वमा आएकोले सबै व्यवसायीहरु अझ बढि संघको गरिमा र छवि उचो हुने कुरामा बिश्वस्त देखिन्छन् ।