आयोजक एकेडेमी ६ स्वर्णसहित अगाडिएनआरएनए एकता महाधिवेशनको मिति कुनै पनि हालतमा पर सर्दैन: उच्चस्तरीय समितिदोहोरी गायक सचिन भट्टराईको नयाँ गीत ‘युके लान्छु रेलीमै’ सार्वजनिकप्रेमिल गीत ‘ए तन' सार्वजनिकअमेरिकाको बोस्टनमा गुन्जिदै "नेपथ्य" ब्याण्ड अमेरिकामा नेपथ्य लाइभ इन बोस्टन हुँदैतेक्वान्दोका अदिशले अस्ट्रेलिया र जापानमा खेल्नेतेवान्दो टोली चीन जानेएमएडब्ल्यू वृद्धिले नेपालभर १००+ ईभी चार्जिङ स्टेशनहरूको कोशेढुङ्गा मनाउदैडिष्ट्रिक्ट ३२५ जे नेपालको गभर्नरमा लायन मिलन बाबु मल्ल निर्वाचितशिशिर घिमिरे स्मृति सम्मान र छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न

नेपालले रच्यो इतिहास यूएईविरुद्धको टी–२० शृङ्खला पनि जित्दै :

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २१ गते, सोमबार ०९:१३

२० माघ । यूएईविरुद्धको टी–२० सिरिज पनि नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।आज दुबईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित १० ओभरमा ८ विकेट गुमाएर १०४ रनको शानदार पारि खेल्यो । आजको इनिङमा तीन बल खेलेका पवन खातानै खोल्न नसकि आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् ।
दोस्रो टी–२० मा उत्कृष्ट पारी खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए । २१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराल नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारस १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए ।
विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । पाँच बलमा करण केसील १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाउन सफल भयो । यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई-दुई विकेट लिए ।

१०५ रनको लक्ष्य पछ्याएको यूएईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि २९ रनमो पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चँदा नेपाल दबाबमा परेको थियो । दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए ।

टिमको स्कोर ५७ पुग्दा गुलाम शैबर आउट भए । आक्रामक व्याटिङ गरेका शैबरको व्यक्तिगत २५ रन हुँदा अभिनास बोहराको बलिङमा बोल्ड हुन पुगे । तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । उनले मोहमद उस्मानलाई २ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गरे । ३० रन बनाएर खेलिरहेका शैमान अनवरलाई अभिनास बोहराले आउट गर्दा यूएईले टीमको स्कोर ७२ पुर्‍याएको थियो ।
करण केसीले नै मोहमद नाभिदलाई आउट गरे । सातौं सफलताको रुपमा ललितनारायण राजबंशीले सिपी रिजवानलाई आउट गरेका थिए । यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्याे । नेपालका लागि करण केसी, ललितनारायण राजवंशी र अभिनास बोहराले दुई-दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक-एक विकेट लिए ।

तीन वटा एक दिवसीय र तीन वटा टि–२० सिरिजका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय सिरीज आफ्नो पक्षमा पारिसकेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु