गोरखा, २१ माघ – महिला चेम्बरको पहिलो शाखा गोरखामा गठन भएको छ । गोरखा चेम्बरका अध्यक्ष भाईचन्द्र श्रेष्ठको अध्यक्षमा सम्पन्न सभाले ज्ञानू अधिकारीको अध्यक्षतामा गोरखा महिला चेम्बर गठन गरेको हो । नया कार्यसमिति अन्तर्गत उपाधय्क्षमा कविता अर्याल, सचिबमा पूर्णकुमारी शाही, कोसाध्यक्षमा रन्जना पोखरेल, सह-सचिवमा भगवती श्रेष्ठ र सदस्यहरुमा सुर्य माया श्रेष्ठ, सिता श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा, नुमाया गुरुङ, सानुमाया खड्का, हेलमाया मास्के र रचना खनाल रहेका छन । साथै, सल्लाहकारमा निर्मला श्रेष्ठलाई चयन गरिएको छ ।
महिलाहरुको आर्थिक सशक्तिकरणमा टेवा पुर्याउने उदेश्यका साथ महिला चेम्बर गोरखा शाखाको गठन गरिएको गोरखा चेम्बरले जनाएको छ ।