हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

आहा रारा गोल्ड कपमा हिमाको सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २१ गते, सोमबार १९:५८

पोखराःयही फागुन ९ गतेबाट पोखरा रङ्गशालामा हुने आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको दोस्रो पुरस्कारको प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ । हिमा असका कार्यकारी निर्देशक राजमान थकाली र आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको आयोजक संस्था सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले सो सम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर गरे। आहा रारा गोल्डकपको दोस्रो पुरस्कारको राशि रु चार लाख एक हजार रहेको छ । उक्त सम्झौता आगामी तीन वर्षका लागि गरिएको हिमा असका कार्यकारी निर्देशक एवं सहारा अष्ट्रेलियाका अध्यक्ष थकालीले जानकारी दिेए ।

कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापाले आहा रारा गोल्डकपमा सहयोग गरेकोमा कन्सल्टेन्सीप्रति आभार व्यक्त गर्दै प्रतियोगितालाई सफल बनाउन सबैको साथ सहयोग आवश्यक हुने बताए । सहारा क्लबले उक्त प्रतियोगिताको बचत रकमबाट सहारा एकेडेमीमा आश्रित २८ बालकलाई भरण पोषण, शिक्षा र फुटबल प्रशिक्षण दिँदै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु