
माघ २२, काठमाण्डौ । हाल फिल्म क्याप्टेनको फिल्ममा समावेश ‘कर्ली कर्ली’ बोलको गीतको छायांकन भईरहेको छ । जहाँ अनमोलसँगै भुवन के.सी र निरुता सिहंले स्कृन सेयर गरेका छन् । गीतमा मेलिना राई र एसडी योगीको स्वर र एसडीकै शब्द तथा संगीत रहेको छ । गीतको भिडीयोलाई रेनशा वान्तवा राइले कोरियोग्राफ गरेका छन् ।
काजल फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मका निर्माता अनमोल केसी आफै हुन् भने अर्को निर्माताको नाममा भुवन केसी रहेका छन् । फाल्गुन १७ गतेलाई रिलिज मिती तय गरिएको फिल्म क्याप्टेनलाई निर्देशक दिवाकर भटट्राईले निर्देशन गरेका हुन् । फिल्ममा नव नायिका प्रियंकाको साथै अनमोल के। सी, सुनिल थापा, विल्सन विक्रम राई, राजाराम पौडेल, प्रशान्त ताम्राकार लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्मी फण्डाबाट


