आलोक यादव/सिरहा: सिरहामा लागुऔषधको बढ्दो प्रयोगको नियन्त्रण र रोकथामको लागि प्रहरीले विशेष अपरेशन सुरु गरेको छ । प्रहरीले जिल्लाका विभिन्न क्षेत्रमा विशेष अपरेशन सञ्चालन गरेको प्रहरी कार्यालय सिरहाका एसपी जीवन श्रेष्ठले बताए ।
विशेष अपरेशनमा गएको प्रहरीले सोमबार डाइलेक्स डिसी ९१ बोतल, नाइट्रोसन २० चक्की र पेन्टालब २१ एम्पुल लागुऔषध सहित पक्राउ गरेको थियो । प्रहरीले गोलबजार नगरपालिका वडा नं। ८ बस्ने २२ वर्षीय दिपेन्द्र यादव र उदयपुरको कटारी नगरपालिका वडा नं. १ बस्ने २५ वर्षीय गोकर्ण थापाबाट लागुऔषध बरामद गरेको हो । यसैगरी, सो टोलीले मंगलबार लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ ।
प्रहरीले धनुषाको जनकनन्दनी गाउँपालिका २ का १९ वर्षीय बब्लुकुमार यादवबाट फेनारगन १९९ एम्पुल, डाइजिल्याब १९९ एम्पुल र नुफिन २०० एम्पुल बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी जिवन श्रेष्ठले जानकारी दिए ।
प्रहरीको अर्को टोलीले सिरहा नपा १५ बाट चेकजाँचको क्रममा उदयपुरको कटारी नगरपालिका ४ का ३४ वर्षीय बाबा तामाङ, सिरहा नपा १ का २१ वर्षीय गणेश पासमान र सोही ठाउँका १८ वर्षीय राजेश पासमानबाट १४ पिस नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले अनुसन्धान गरिरहेको र उनीहरुलाई लागुऔषध तथा ओसार पोसार मुद्दामा अदालतमा पेश गर्ने एसपी श्रेष्ठले बताए ।
श्राेतः janasawal.com