हेर्नुस् आज साउन ८ गते मंगलबारको राशिफल१७ करोडको लागतमा निर्माण भएको तारकेश्वर नगरपालिकाको प्रशासनीक भबन उदघाटनविद्यार्थीहरुको मागप्रति आईक्यान जिम्मेवार नभएको भन्दै एनकासाद्वारा चरणवद्ध आन्दोलन घोषणासिद्धिश्वरमान अक्षयलोक साहित्यक केन्द्रले बिभिन्न बिधाका २२ भन्दा बढि व्यक्तिहरूलाई सम्मानप्रोफेसनल एजुकेटर्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स (एनएलआईसी) बीच इक्विटी लगानी सम्झौता सम्पन्नदीपालाई वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेसमा स्वर्ण पदकश्रावण सोमबार शिवजीको व्रत किन बस्ने?मिथिला शर्माको गुरुदक्षिणाहेर्नुहोस् आज साउन ७ गते सोमबारको राशिफलसेन्ट जर्ज स्कुलमा गुरुपूर्णिमा सम्पन्न

भेडाबाख्रा गोठमा आगलागी नौ लाख बराबरको क्षति

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २३ गते, बुधबार १४:१४

जुम्लाः जुम्लाको पातारासी गाउँपालिका–२ पेरे गाउँमा भेडाबाख्रा राख्ने गोठमा आगलागी हुँदा झण्डै रु नौ लाख बराबरको क्षति भएको छ । स्थानीय मयलाल कामीको भेडी गोठमा आगलागी हुँदा ९४ वटा भेडाबाख्रा मरेका छन् । प्रतिभेडाको सात हजार रुपैयाँका दरले छ लाख ५८ हजार र गोठभित्रका अन्य लत्ताकपडा र भाँडाकुडा गरी झण्डै रु नौ लाख क्षति भएको हो ।गोठमा हुलेका सबै भेडाबाख्रा मरेको भेडा कृषक कैलो बुढाले बताए । रातिको समयमा घरमा बालिएको आगो सल्केर भेडीगोठसम्म पुग्दा आगलागी भएको हुनसक्ने उनको भनाइ छ ।

बुढाका अनुसार ९० वटा भेडा र बिसे कामीका चार वटा भेडाबाख्रा आगोले जलेर मरेका हुन् । वनबाट चराएर ल्याएका भेडाबाख्रा गोठमा हुलेको अवस्थामा आगलागी हुँदा ती भेडाबाख्रा पूर्ण रुपमा जलेर मरेको पातारासी गाउँपालिका–२ का वडाध्यक्ष कन्न बोहराले बताएका छन । मयलाल कामीको घरमा बालेको आगो सल्केको हुनसक्ने उनको भनाइ छ ।
बुढा र कामीका भेडाबाख्रा सधैँ एउटै गोठमा हुल्ने गरिएको थियो । भेडाबाख्रा पालन व्यवसाय गर्दै आएका किसानका सबै भेडाबाख्रा जलेपछि हातमुख जोड्न समस्या हुने पीडित किसान कैलो बुढाले गुनासो गरे । आयस्रोतको मुख्य आम्दानीका रुपमा पालिँदै आएका भेडा बाख्रा नष्ट हुँदा निकै ठूलो समस्यामा परेको उनको भनाइ छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु