नेपाल हेभी इक्विपमेन्ट व्यवसायी संघ काठमाडौमा  महेश कुँवरको नेतृत्वविकास शिल्ड उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ र महिलातर्फ सुदुरपश्चिम प्रदेशलाईमधेशी एकता समाजको होली समारोह धुमधाम र भव्यताका साथ दुबईमा सम्पन्नHONOR Wins 45 Media Awards at MWC 2024नयाँ गठबन्धन निर्माणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन जना मन्त्री नियुक्तनेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँचलक्ष्मी ग्रुपका अध्यक्ष श्रेष्ठलाई ‘कर्पोरेट लाइफटाइम अचिभमेन्ट अवार्ड’, को हुन् उनी ?राष्ट्रिय सभाका निर्वाचित १९ सदस्यले आज शपथग्रहण गर्दैविकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिपः सुदुरपश्चिम र लुम्बीनी फाइनलमा प्रवेशतपाईंको आजको दिन कस्तो छ ? हेर्नुस् राशिफल

मेट्रो काठमाण्डौ ग्यास उद्योगद्धारा म्याद सकिएका २५० सिलिण्डर नष्ट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ माघ २३ गते, बुधबार १६:११

माघ २३ धादिङ। मेट्रो काठमाण्डौ ग्यास उद्योग लिमिटेडले म्याद सकिएका एस.टि.सी. ब्राण्डका २५० सिलिण्डर नष्ट गरेको छ । राष्टिृय उपभोक्ता मञ्च र गुणस्तर तथा नापतोल विभागबाट आएको टोलिको रोहवरमा धादिङ जिल्ला थाक्रे गाउँपालिका वडा नं. ७ मा रहेको उद्योग हातामा संकलित म्याद सकिएका सिलिण्डर नष्ट गरेको हो । हाल सो उद्योग अन्तर्गत २ लाख ३२ हजार थान सिलिन्डर वजारमा रहेको छ । जस मध्य २५० सिलिन्डरमा २०० रातो सिलिन्डर र ५० निलो सिलिन्डर नस्ट गरिएको मेट्रा काठमाण्डौे ग्याँसका जनरल मेनेजर महेन्द्र भुषालले वताए ।

हाल सम्म ५४ वटा उद्योग मध्ये ४ वटा उद्योग जसमा बाबा ग्यास उद्योग, कोशी ग्यास उद्योग, नेपाल ग्याँस उद्योग र काठमाण्डौ मेट्रो ग्यासले मात्र हाल सम्म नस्ट गरेको पाईएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए ।
नेपाल सरकारको समेत लगानी रहेको मेट्रो काठमाण्डौे ग्याँस उद्योग आधुनिक प्लान्टबाट संचालित उद्योग हो । यस उद्योगमा सवै काम मेसिनबाट हुने गरेको छ । यस उद्योगले १ मिनेटमा १२ वटा ग्याँस रिफिलिङ्ग गर्ने क्षमता राख्ने गरेको छ । जसमा ४० हजार थान भण्डारण गर्न सक्ने क्षमता रहेको छ । नेपालमा ग्याँस सिलिन्डर निर्माण गर्ने उद्योग तिन वटा रहेको छ । ति कम्पनिबाट उत्पादन हुने सिलिन्डरको म्याद ५ देखी १० वर्ष सम्मको हुने गरेको छ । यसरी म्याद गुज्रेको सिलिन्डरबाट विष्फोट हुदा कयौ घाईते भएको राष्टिृय उपभोक्ता मञ्चका केन्द्रिय अध्यक्ष प्रेमलाल मर्हजनले वताए । नेपालीको भान्छामा जोखिम मोलेर खाना पकाउन बाध्य छन् । नेपाल सरकारले यस्ता म्याद गएका सिलिन्डरहरुको अनुगमन गरी कडा भन्डा कडा कारर्वाही गर्न आवश्यक रहेको उपभोक्ता अधिकारकर्मी मर्हजनको भनाई रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु